accident

चितवन, १० असार । भरतपुर उपमहानगरपालिका वडा नं ९ शिवालय चोकमा आज बिहान ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भरतपुर उपमहानगरपालिका वडा नं ८ गौरीगञ्ज निवासी ४५ वर्षीया सीता कँडेलको ट्रकको ठक्करबाट घटनास्थलमा नै मृत्यु भएको हो । कँडेल नेपाल महिला सङ्घको भरतपुर उपमहानगरपालिका वडा नं ८ की नवनिर्वाचित सभापति हुनुहुन्थ्यो ।

मोटरसाइकल चालक कँडेलका श्रीमान् ५३ वर्षीय तुलसीराम गम्भीर घाइते हुनुभएको छ । उहाँको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भरतपुरको हाकिमचोकबाट आनन्दचोकतर्फ जाँदै गरेको ना३ख ५४७४ नंको ट्रकले विपरीत दिशातर्फबाट आउँदै गरेको ना२३प ७८७३ नंको मोटरसाइकललाई ठक्कर दिएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । - See more at: http://www.dcnepal.com/news/news.php?nid=218233#sthash.DnqHUmVS.dpuf
Previous
Next Post »