arjun nar kc

भक्तपुर, असार १० – नेपाली कांग्रेसका नेता डाक्टर प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्प पीडितहरुसँग पनि उखान टुक्का बाडेर रमाएको आरोप लगाउनु भएको छ ।
शुक्रबार रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले भूकम्प पीडितका सवालमा प्रधानमन्त्रीले जेठ महिनासम्म छानो उपलब्ध गराउने झूटो आश्वासनलाई उखान टुक्का मै सिमित बनाएर रमाएको आरोप लगाउनु भएको हो ।
उहाँले सरकारले भूकम्प पीडितलाई जति सक्दो छिटो बासको व्यवस्था गर्ने प्रतिबद्धता संसदमा पेश गर्दैन तबसम्म नेपाली कांग्रेसले संसद अवरुद्ध पारेर पीडितका पक्षमा उभिने बताउनुभयो ।  
वर्तमान सरकारले भुकम्प पीडितका नाममा राहत उपलब्ध गराउनु भन्दा पनि कार्यकता पोषण गर्न सक्रिय रहेको आरोप लगाउँदै महतले भन्नुभयो–‘प्राधिकरणले कुनै काम नगरेको र सरकार आफ्ना कार्यकर्ता भरण पोषणमा लागेको छ, त्यसैले भूकम्प पीडितले अझै राहत पाएनन् ।’
अर्को प्रशंगमा उहाँले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सरकार परिवर्तनका गर्न नेपाली कांग्रेसलाई समर्थन गरे पनि पछि धोका दिएको आरोप लगाउनुभयो ।सरकार कुटनीतिक पक्षमा पूर्णरुपमा असफल रहेको आरोप लगाउँदै उहाँले वर्तमान सरकारको नेतृत्वले काम भन्दा पनि नेपालीलाई मनोरञ्जन प्रदान गर्ने गरेको आरोप लगाउनुभयो ।
Previous
Next Post »