bhansar

काठमाडौ । साउनपछि विदेशबाट नेपाल फर्किदै हुनुहुन्छ भने काँचो सुन नल्याउनुहोला । सरकारले गहनाबाहेकको पचास ग्रामसम्मको सुन ल्याउन प्रतिवन्ध लगाएको छ ।
विदेशमा ६ महिना बसेका नेपालीले अहिलेसम्म पचास ग्राम काँचो सुन ल्याउन पाउने व्यवस्था थियो । तर सरकारले झिटी गुण्टा सम्वन्धी व्यवस्थामा परिवर्तन गर्दै पचास ग्रामको गहनाका सुनचाँदी वाहेक काँचो सुनचाँदी ल्याउन प्रतिवन्ध गरेको हो ।
100281353-gold_bars_piles_gettyP.1910x1000
वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्रयोग गरेर तस्करी बढेपछि सरकारले काँचो सुनचाँदी ल्याउन प्रतिवन्ध लगाएको हो । दुबई, मलेसिया लगायतका मुलुकमा रहेका केही नेपाली तस्करले फर्किन लागेका नेपालीलाई सुन भरियाको रुपमा प्रयोग सुनचाँदी ल्याउने गरेका थिए ।
सुन ल्याउने नेपालीलाई केही रकम दिएर झिटीगुण्टामार्फत सुनचाँदीको वैधानिक रुपमा तस्करी भइरहेको थियो । भन्सार विभागका निर्देशक सूर्य सेढाईले तस्करी रोक्न काँचो सुन ल्याउन प्रतिवन्ध लगाएको बताए ।
Previous
Next Post »