bus accident

विराटनगरः झापाको दमकबाट यात्रु लिएर पाँचथरको पञ्चमी बजारतर्फ जाँदै गरेको बलेरो जीप मोरङको याङ्शीलामा आज दुर्घटना हुँदा १० यात्रु घाइते भएका छन् ।

घाइते मध्ये तीन जनाको अवस्था गम्भीर छ । गम्भीर अवस्थाका पाँचथरको करुम्वा १ की जानुका सेन्चुरी, करुणा लावती र राजेन्द्र लिम्बूलाई उपचारका लागि विराटनगर स्थित विराट नर्सिङ होम ल्याइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी योगेन्द्रसिंह थापाले बताउनु भयो ।

थापाका अनुसार १३ जना यात्रु बोकेर पाँचथरतफै जाँदै गरेको मे १ ज १२२९ नम्बरको जीप याङ्शीला ९ स्थित लेटाङ–बुधबारे सडक खण्डमा दुर्घटनामा परेको हो । विहान साढे १० बजे भएको दुर्घटनाको कारण खुलिसकेको छैन ।

दुर्घटनामा परेका मध्ये पाँचथर कुरुम्बा १ का अजय सेन्चुरी, कुशल राई, लिम्बा–८ का समटा तामाङ, इलाम साक्फारा ७ की सुमित्रा राई, ईभाङकी कमला राई, झापा दमक १ की सानु लिम्बु र धुलाबारी ३ का चैतु राजवंशीको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको विराट नर्सिङ होम र झापाको दमक स्थित नमस्ते हस्पिटलमा उपचार भइरहेको छ । दुर्घटनामा परेको जीप नियन्त्रणमा लिए पनि चालक फरार रहेका कारण खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Previous
Next Post »