chin vs nepal

 काठमाडौं । सुगौली सन्धी अघिको नेपालको नक्शा चिनियाँ राष्ट्रपतिका सल्लाहकारको हातमा पुगेको छ । ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले चीन पुगेर राष्ट्रपति सी जिन पिङका प्रमुख सल्लाहकार लि जिक्वाङलाई नक्शा हस्तान्तरण गरेका हुन् ।
सल्लाहकार लिसँगको वार्तामा उनले ग्रेटर नेपालको अवधारणाबारे प्रस्ट्याएका थिए ।
‘उहाँले चासोका साथ ग्रेटर नेपालको विषयमा जानकारी लिनुभयो र यसलाई आफूले सकारात्मकरुपमा ग्रहण गरेको बताउनुभयो,’ नेपालले अनलाइनखबरसँग भने ।
नेपालले जस्तै चीनले पनि भारतसँग सीमा समस्या भोगिरहेको भन्दै सल्लाहकार लीले यसबारे दुबै देशले ठोस रणनीति अख्तियार गर्नुपर्ने बताएका थिए ।
नेपालका अनुसार लीले ग्रेटर नेपालबारे बंगलादेशका कुटनीतिज्ञहरुले आफूसँग जिज्ञासा राखेको जानकारी दिएका थिए । ‘यो अध्ययनका निम्ति असाध्यै गम्भीर विषय हो,’ लीले भने ।
मोर्चाका अध्यक्ष नेपालले नेपाल र चीनबीच शान्ति तथा मैत्री सन्धी हुन किन बिलम्ब भएको हो भन्ने जिज्ञासा आफूले राखेको बताए । ‘लीले आफूले यस सन्धिको मस्यौदा धेरै पहिले आफ्नो सरकार समक्ष बुझाइसकेको बताउनुभयो,’ उनलेे भने ।
नेपालले आफ्नो दुई साता लामो भ्रमणका क्रममा नेपालले सिचुआन विश्वविद्यालयका चार प्रोफेसरहरुसँगको संयुक्त भेटघाट गरेका थिए । उनीहरुले चीनको समुद्री बन्दरगाह नेपाललाई अंकमाल गर्न व्यग्र रहेको बताएको नेपालले जानकारी दिए ।
Previous
Next Post »