चितवन, १४ असार । नारायणगढ मुग्लिन सडक खण्डमा सडक दुर्घटनामा एक कार पूर्ण रुपमा क्षती भएको छ । तर कार चालकलाई भने कुनै पनि चोट लागेको छैन् । पहिरोमा परेर बा१४च ८२९० नम्बरको कार पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।
अगाडि स–साना ढुंगा झरेको देखेपछि गाडी रोकेर सुरक्षित स्थानमा लागेका कारण कारमा सवारलाई भने कुनै हानी हुन पाएन् । आयोजनाले जुन सुकै बेलामा पनि पहिरो जान सक्ने भन्दै सडकमा यात्रा गर्दा सावधानी अपनाउन सबैमा आग्रह गरेको छ । दुई लेनको बनाउने काम सुरु भएसँगै सडक पहिरोको जोखिममा पर्दै गएको छ ।
ConversionConversion EmoticonEmoticon