इटहरी, असार ११ - अस्पतालको लापरवार्हीले गर्भवती महिलाको मृत्यु भएको भन्दै आफन्तले कारवाहिको माग गरेका छन् ।
विराटनगर स्थित कोशी अञ्चल अस्पतालको लापवार्हीका कारण गर्भवती महिलाको मृत्यु भएको भन्दै आफन्तले कारवाहिको माग गरेका हुन् ।
शुक्रवार दिउँसो १ बजे सम्म स्वास्थ्य अवस्था ठिक भएकी इटहरी ८ स्थित गैइसारकी २७ वर्षिय सविता महतको एका एक शिशुको आमाको पेट भित्रै मृत्यु भएको चिकित्सकले जानकारी दिएका थिए ।
मृतका बुवाले जसरी भए पनि आमाको ज्यान जोगाउन अपिल गर्दा आमालाई केहि नहुने भन्दे चिकित्सकले आश्वसन दिएको बताएका छन् । उनले आफुले डाक्टर र नर्सलाई पटक पटक अवस्थाको बारेमा जिज्ञाशा राख्दा समेत अप्रेसन नगरि नर्मल रुपमै मृतक शिशु निकाल्न सकिने भन्दै नआतिन आग्रह गरेका थिए ।
शुक्रवार राति शिशु निकाल्ने प्रयास भइरहेका बेला अकस्मात नर्सले यहाँ उपचार सम्भव नभएकोले अर्कै कुनै राम्रो अस्पताल लागु भन्दै डिस्चार्ज पत्र थमाए पछि आफन्तहरु शसंकित बनेका थिए । चिकित्सकको कुरा सुनेर एम्वुलेन्स खोज्दा खोज्दै यता सविताको ज्यान गइसकेको उनका श्रीमानले बताए ।
उनले चिकित्सकको गम्भिर लापवार्हिकै कारण श्रीमतीको मृत्यु भएको समेत जनाएका छन् । अस्पतालले विरामीलाई असार १० गते राति रेफर गरे पनि आफन्तलाई थमाइएको उक्त डिस्चार्ज पत्रको मिती भोली पल्ट अर्थात असार ११ गते शनिवार लेखिएको छ ।
इटहरी स्थित बुढिगंगाजमुना मुक्ति घाटमा शनिवार मृतकको अन्तिम संस्कार गर्न लगिए पनि शिशु समेत छ भन्ने सुचना पाए पछि इटहरी प्रहरीको एक टोली घाट पुगी दाहसँस्कार रोक्न भनेको तर प्रहरीले शिशुको ज्यान आमाको पेट भित्रै भएको जानकारी पाएपछि रोकिएको अन्तिम संस्कार शुरु गरिएको छ ।
अस्पतालको इमरजेन्सिमा उपचार गर्न ल्याउने क्रममै महिलाको मृत्यु भइसकेको विराटनगर स्थित अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. रोशन पोख्रेलले बताएका छन् ।

ConversionConversion EmoticonEmoticon