don the polish actor

चन्द्रपुरः पुर्व–पश्चिम राजमार्गमा प्रहरी बनेर सवारी साधनसँंग रकम असुली गर्ने तीनजनालाई प्रहरीले पक्राउ परेको छ ।
रौतहटको पौराइ जंगलमा रातिको समयमा सवारी चालक तथा व्यपारीहरुसँग रकम असुल्ने चन्द्रपुर–८ पौराइका सदीप थापा मगर, रामकुमार उप्रेती र मानवीर तामाङ्गलाई प्रहरीले पक्राउ गरेको हो ।
शुक्रवार राति करिव नौ बजे चन्द्रनिगाहपुरबाट सर्लाही तर्फ गोरु लोड गरेर जाँदै गरेको ना ३ च ५१८२ नम्बरको सवारी साधन रोकेर पौराइ जंगलमा उनीहरुले रकम असुलेका थिए ।
मगरलाई सशस्त्र प्रहरीको गस्तीटोलीले रंगेहात पक्राउ गरेपनि तामाङ र उप्रेती भागेका थिए । भागेका दुबैजनालाई शनिवार बिहान इलाका प्रहरी कार्यालयको टोलीले पक्राउ गरेको डिएसपी मनोजकुमार यादवले जानकारी दिए ।
Previous
Next Post »