असार १०, झापामा पशु प्राविधिकले पनि मानिसको उपचार गर्ने गरेको खुलासा भएको छ ।
मेचीनगर ७ बाट पशु प्राविधिकसहित दुई व्यक्तिलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टाको टोलीले पक्राउ गरे लगत्तै यस्तो रहस्य सार्वजनिक भएको हो ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टका प्रहरी नायव उपरीक्षक श्यामकृष्ण अधिकारीले पक्राउ पर्नेमा बुधवारे ९ निवासी पशु प्राविधिक सूर्यमान तामाङ र दमक ४ निवासी भेटेनरी औषधि व्यवसायी सन्तोष कार्की रहेको बताएका छन् ।
मेचीनगर ७ निवासी एक व्यक्तिको घरमा गएर मानिसलाई उपचार गर्दा गर्दै उनीहरु पक्राउ परेको उपरीक्षक अधिकारीले जनाएका छन् । मंगलवार साँझ उनीहरुलाई पक्राउ गरिए पनि उनीहरु विरुद्ध अधिकार क्षेत्र भन्दा बाहिर गएर काम गरेको जनाउदै प्रहरीले आज ठगी अभियोगमा मुद्धा दर्ता गरेपछि मात्रै यस्तो रहस्य सार्वजनिक भएको हो ।
झापाका सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले पक्राउ परेका पशु प्राविधिक सहित दुवैलाई इलाका प्रहरी कायालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको बताएका छन् ।

ConversionConversion EmoticonEmoticon