जेष्ठ २८, २०७३- कांगेस महामन्त्री डा. सशांक कोइरालाले सरकारले कुनै सोचविचार विना राज्यको ढुकुटीबाट पैसा झिकेर बाँडेको आरोप लगाएका छन् ।
‘कम्युनिष्टहरुको कागज राम्रो हुन्छ व्यवहार ठिक हुँदैन,’ कोइरालाले भने, ‘अहिले सरकारले ल्याएको बजेट त्यसैको गतिलो उदाहरण हो ।’ कमजोर पक्षको दुहाई दिने कम्प्युनिष्टले कर्मचारीको तलव वढाउँदा हाकिम र पियनको समान प्रतिशत बढाएको उनले वताए । ‘स्थानीय लगायत ३ वटा निर्वाचनलाइ हेरेर लोकप्रियका लागि बजेट छरिएको छ,’ कोइरालाले भने, ‘त्यसले भोलिका दिनमा दुरगामी असर पार्छ ।’
नेपाल शिक्षक संघ रामेछापले शुक्रबार मन्थलीमा आयोजना गरेको एक कार्यक्रम उदघाटन गर्दै कोइरालाले कांग्रेसले सुरु गरेको संघर्षले ७० बर्ष पछि नागरिकका अधिकार सहितको संविधान दिएको वताए । संविधान धेरै राम्रो भएकाले यसको कार्यान्वयन कांग्रेसकै नेतृत्वमा हुने कोइरालाले वताए । ‘मधेस कांग्रेसको र कांग्रेस मधेसको हो,’ कोइरालाले मधेसको समस्या कांग्रेसले मात्र वुझ्ने हुँदा वर्तमान समस्या समाधन गरी कांग्रेसकै नेतृत्वमा स्थानीय निर्वाचन हुने दाबी गरे ।
http://bit.ly/1PjWXdi
ConversionConversion EmoticonEmoticon