fox news

एजेन्सी, असार १६- देश विकासमा सरकार प्रमुखले इच्छा देखाएको खण्डमा आम नागरिकले सहयोगी भूमिका खेलेको समाचार हामीले पढेकै हो । तर सरकार प्रमुखले देश विकासका लागि सबै नागरिकले आफ्नो आङको कपडा खोलेर काम गर्न आह्वान गरेको समाचार हामीले सायदै सुनेका हौंला ।
हाम्रै मुलुकका प्रधानमन्त्री केपी ओलीले नेपाललाई आत्मनिर्भर बनाउन बिभिन्न योगजनाहरु सार्बजनिक गर्दा प्रधानमन्त्रीले हावादारी कुरा गर्यो भन्नेहरुका लागि बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेले आफ्नो देशका नागरिकलाई मुलुकको प्रगतिका लागि आह्वान गरेको अपिल भने पक्कै पनि संदेशबर्धक हुने छ ।

आर्थिक अवस्था अप्ठ्यारो हुँदै गएको देश बेलारुसका राष्ट्रपति एलेक्जेन्डर लुकाशेले आफ्ना नागरिकलाई कपडा फुकालेर पसिना आउन्जेल सम्म काम गर्न एक भावुक अपील गरे ।

राष्ट्रपतिको अपिल सँगै बेलारुसका नागरिकले आफ्ना सरकार प्रमुखको भावुक अपीललाई शीरोउपर गर्दै आफूहरु कार्यरत ठाउँमा आफ्नो आङको कपडा फुकालेर थाकुन्जेल सम्म कामगर्न सुरु गरेका छन् ।

यति मै सिमित नभई त्यस देशका नागरिकले कार्यस्थलबाटै अर्ध नग्न तस्वीर सामाजिक सञ्जालमा पोस्ट गर्न शुरु गरेका छन् ।

नागरिक 
#getnakedandwork (नाङगो भएर काम गर) भन्दै कार्यस्थलबाटै आफ्नो अर्ध नग्न तस्वीर पोस्ट गरिरहेका छन् ।

अनि ह्यास ट्याग बेलारुसमा मात्र सिमीत रहेन । रुस, यूक्रेन लगायत अन्य बाल्टिक देशहरु लगायतका नागरिकले समेत आफ्नो कार्यस्थलबाट नग्न तस्वीर पोस्ट गरेको समाचार अहिले सामाजिक सञ्जालमा भइरल भैरहेको छ ।

राष्ट्रपतिको अपिललाई त्यहाँको गर्मी मौसमले समेत साथ दिएको छ जसका कारण पूर्वी यूरोपका नागरिकलाई आफ्नो आङको कपडा फुकालेर काम गर्न उत्साहित गरिरहेको छ ।

तर बेलारुसमा पनि कतिपय नागरिक हाम्रो नेपालमा जस्तै बस्दा रहेछन् । अनि उनीहरुले  राष्ट्रपति एलेक्जेन्डरको अपिललाई हावादारीको संज्ञा दिदै उरन्ठ्याउलो गीत समेत रेकर्ड गराएका छन् ।
- See more at: http://dcnepal.com/news/news.php?nid=219320#sthash.B61c2ggq.dpuf
Previous
Next Post »