१३ दिन अघि अपहरित केडियालाई कलैया-महागढीमाईको सीमानामा पर्ने बघवनस्थित पसाहा पुल छेउबाट अपहरण गरिएको थियो । बा४च ७२४० नम्बरको गाडीमा केडिया बरियारपुरबाट कलैया तर्फ आउँदै गर्दा अपहरणमा परेका थिए । उनको गाडी चलाएका पर्सा विन्देवासिनीका श्यामउमेश साह कानुलाई अपहरणकारीहरुले गोली प्रहार गरी केडियालाई अपहरण गरिएको थियो । भारतीय बीआरपी ३२३९ नम्बरको स्कोर्पियोमा अपहरित केडियालाई राखेर अपहरणकारीहरुले भारत पुर्याएका थिए । अपहरण गरी लगिएको स्कोर्पियो मोतिहारीको छतौनी वर्कशपमा फेला पारेपछि अपहरणको विस्तृत अनुसन्धान भएको हो ।
विभिन्न वर्कशपमा खोज्ने क्रममा गाडी सिसा फेर्दै गर्दा समातिएपछि अपहरणको तथ्य विस्तारै खुलेको डिआइजी उपाध्यायले बताए । अपहरण भएको चार दिनमै केडिया भारत विहारको मोतिहारीस्थित कोटवा पुलबाट अपहरण मुक्त भएका थिए । केडियालाई अपहरणबाट जोगाउन नसकेको आरोपमा नेपाल प्रहरीका हवल्दारसहित चार प्रहरी र सशस्त्रका इन्पेक्टर गरी नौं जना निलम्बित भइसकेका छन् । अपहरणकारीहरुले केडियालाई स्कोर्पियो गाडीमा सोही चौकी हुँदै अपहरण गरी भागिरहेको अवस्थामा सशक्त ढंगले सुरक्षा कारबाही नगर्दा ती प्रहरीहरुलाई थप छानबिन गर्न निलम्बन गरिएको हो ।
http://bit.ly/1RX6PJQ
ConversionConversion EmoticonEmoticon