girl with blood

आफूलाई जवान देखाउनका लागि मानिहरु अनेक उपायहरुको अबलम्बन गर्छन् । कसैले खानपानमा ध्यान दिन्छन् त कसैले नियमित व्यायाम । तर , अमेरिकी एक मोडल भने आफूलाई सधैं जवान राखिराख्नको लागि दिनहुँ रगतले नुहाउने गर्छिन् । केनल नाम गरेकी २० वर्षीया उनले आफूलाई सधैं जवान राख्नका लागि जनावरको रगतले नुहाउने गरेको बताइन् । केनलको दाबी छ कि सदियौं पहिले पनि मानिस आफूलाई जवान राख्नका लागि यसैगरी जनावरको रगतले नुहाउँथे । तर उनीसँगै त्यसको कुनै प्रमाण भने छैन । उनले रगतले नुहाउने गरेको समाचारहरु प्रकाशमा आउन थालेसँगै एक टीभी सो समेत बनि सकेको छ । एक टिभी लियारिटी सोमा त उनले रगतले नुहाएको प्रत्यक्षरुपमा देखाइएको थियो । - 
Previous
Next Post »