कुनै पनि महिलाको हिँडाइबाट उनीहरुको सेक्सको बारे जानकारी पाउन सकिन्छ । महिलामाथि गरिएको अनुसन्धान अनुसार महिलाको फरक फरक हिँडाइले आग्र्याजम र इन्टरकोर्ससंग जोडिएको कयौं तथ्य सार्वजनिक हुने दावी गरीएको छ । महिलाको विषयमा गरिएको अध्ययनका अनुसार महिलाको हिँडाइको तरिकाले उनको सेक्ससँग सम्बन्धित गोप्य कुरा थाहा पाउन सकिन्छ । बेल्जियन सेक्सोलोजिस्टको एक रिर्पोटले यो कुराको उजागर गरेको हो । रिर्पोटका अनुसार उनीहरुले कर्यौ फरक फरक महिलाको हिँडाइ र हिँड्ने तरिकाको भिडियो देखेका थिए । र पछि ती महिलाहरुसंग कुरा गरेका थिए । रिर्पोेटमा लेखिएका अनुसार यौन सन्तुष्टि र इन्टरकोर्सपछि महिलाहरुको हिंडाइमा प्राकृतिक रुपमा परिवर्तन आउँछ । जसको कारण उनीहरुको हिँड्ने तरिकामा पनि प्रभाव पर्छ । हुन त यसमा पनि दुइ तरिकाको कुरा निस्किएको छ । अनुसन्धानको अनुसार जुन महिलाले यौन सन्तुष्टि (आर्गेज्म) प्राप्त गर्छिन् । उनीहरु एकदम स्वतन्त्र भएर हिँड्छन् । अर्थात उनीहरुको हिँडाइमा शक्ति र स्वतन्त्रता देखिन्छ । यौन सन्तुष्टिका कारण शरिरमा भएका केहि मांसपेशी खुल्ने कारणले उनीहरु स्वतन्त्र भएर हिँड्ने गर्छन्। यसको उल्टो यदि इन्टरकोर्सबाट नभइ अन्य तरिकाबाट कुनै महिलाले यौन सन्तुष्टि पाएको छ भने उनीहरुको हिँडाइमा केहि संकोचपन देखिन्छ । उनीहरु स्वतन्त्र भएर हिँड्न सक्दैनन् । -
ConversionConversion EmoticonEmoticon