health news

पछिल्लो समय माइग्रेन रोग सामान्य जस्तो भईसकेको छ । उसो त माइग्रेन विभिन्न कारणले हुने गर्दछ । विशेष गरी यो रोग बंशानुगत पनि हुने गर्दछ । माइग्रेनमा टाउकोको एकपट्टि भाग मात्र जोडले दुख्ने गर्दछ । उल्टी आउनु, रिंगटा लाग्नु तथा थकान महसुश हुनु माईग्रेनको लक्षण हो । माइग्रेनको दुखाई कम गर्नको लागि विभिन्न किसिमका औषधि त पाइन्छ नै तर यदि तपाइ घरेलु तरिकाले माइग्रेनको उपचार गर्न चाहनुहुन्छ भने केही खानपिनमा ध्यान दिनुपर्ने हुन्छ । आज हामी सोही खानपिनको बारेमा चर्चा गर्नेछौँ ।

१. हरियो साग सब्जि
हरियो साग सब्जिमा पर्याप्त मात्रामा म्याग्नेसियम पाइन्छ । माइग्रेनको दुखाई कम गर्न म्याग्नेसियमले अहम भुमिका खेलेको हुन्छ । अन्नबाली, सी फूड तथा गहुँका परिकार खाँदा म्याग्नेसियम पाईन्छ ।

२. माछा खानु पनि लाभदायक हुन्छ ।
माछामा ओमेगा थ्री तथा भिटामिन ई पाईन्छ । यो दुई चिज नै माइग्रेनको दुखाइ कम गर्न रामवाण मानिन्छ ।
३.दूध पिउनु उपयुक्त
माइग्रेन रोगीले चिल्लोरहित दूध पिउनु निकै लाभदायक हुन्छ । दूधमा भिटामिन बी पाइन्छ जसले सेल्समा एनर्जी प्रदान गर्दछ । टाउकोमा भएका नसामा भिटामिन बीले शक्ति दिन्छ ।

४. कफीले पनि कम गर्छ माइग्रेनको पीडा
हामी जसरी सामान्य टाउको दुखाईमा पनि चिया तथा कफी पिउछौँ । त्यसै गरी माइग्रेनको दुखाईमा पनि कफी पिउनु उचित हुन्छ ।

५. रेड वाइन पिउनु पनि उपयुक्त
वाइन तथा बियर मा टायरामाइन तत्व पाइन्छ जसले माइग्रेनको दुखाईलाई कम गर्छ ।

६. ब्रो काउली
ब्रो काउलीमा भरपूर मात्रामा म्याग्नेसियम पाइन्छ जसको सेवनले माइग्रेनको दुखाईमा राहत मिल्छ ।
- See more at: http://www.dcnepal.com/news/news.php?nid=219355#sthash.NJCgl21T.dpuf
Previous
Next Post »