काठमाडौं, ११ असार । भारतको विशाखापटनम बन्दरगाह नेपालका लागि खुल्ला भएको छ । शुक्रबारदेखि विशाखापटनम बन्दरगाह खुल्ला भएको हो ।
मुख्य सचिव सोमलाल सुवेदीले सो क्षेत्रमा गएर हरियो झण्डा फहराएका छन् । कार्यक्रममा भारतीय अधिकारीहरुको पनि उपस्थिती रहेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा नेपाललाई विशाखापटनम बन्दरगाह प्रयोग गर्न दिने सम्झौता भएको थियो । सम्झौता अनुसार शुक्रबारबाट सो बन्दरगाह सञ्चालनमा आएको हो ।
विशाखापटमन बन्दरगाहको प्रयोगबाट नेपालले धेरै फाइदा उठाउन सक्ने सुवेदीको भनाई छ ।विशाखापटनम बन्दरगाह नेपालका लागि खुल्ला भएको दोस्रो भारतीय बन्दरगाह हो । नेपालले कोलाकाता–हल्दिया बन्दरगाह प्रयोग गर्दै आइरहेको छ ।
कोलकाता भन्दा बिशाखापटनम दुरीका हिसाबले टाढा रहेको छ । तथापी कोलाकाता भन्दा यो बन्दरगाह फाइदाजनक रहेको बताइएको छ ।
कार्गो सञ्चालमा आएपछि विशाखापटनम बन्दगाह ट्रष्टका अध्यक्ष एमटी कृष्ण बाबुले नेपाली टोलीसँग यो बन्दरगाह नेपालका लागि कोलाकाता भन्दा धेरै फाइदाजनक रहेको बताए । बन्दरगाहको लोकेसन, सुविधा र प्रभाव कोलकाताको भन्दा राम्रो रहेको उनको भनाई थियो ।
कार्यक्रममा सुवेदीले विशाखापटनम बन्दरगाह नेपालका लागि खुल्ला हुनु नेपाल–भारत भारत सम्बन्धमा कोषे ढुंगा भएको दावी गरे ।
ConversionConversion EmoticonEmoticon