तेज बन / इटहरी – सुनसरीकाे इटहरीस्थित पानधारे टाेलका एक युवकले उपचार गर्न नसकेपछि अाफ्नै जन्मदिने अामाकाे हत्या गरी बाेरामा पाेकाे पारेर स्थानीय टेंग्रा खाेलामा गाडेकाे रहस्य खुलेकाे छ । लामाे समयदेखी क्यान्सरबाट पिडित बनेकी इटहरी ४ पानधारे निवासी ६५ वर्षीया बेचनी चाैधरीलार्इ हत्या गरी खाेलामा गाडेकाे अभियाेगमा इलाका प्रहरी कार्यालय इटहरीले २८ वर्षीय छाेरा बिजय चाैधरीलार्इ पक्राउ गरेकाे छ ।
पक्राउ चाैधरीले अाफुले जन्मदिने अामाकाे हत्या गरी बाेरामा पाेकाेपारेर स्थानीय टेंग्रा खाेलामा गाडेकाे स्विकारेका छन । प्रहरी नियन्त्रणमा रहेका चाैधरी स्वयमले अामालार्इ गाडेकाे स्थान पूर्याइ उत्खनन गर्दा सेताे बाेरामा मुख बाधीएकाे अवस्थामा शव फेला परेकाे छ । उक्त शव प्रहरीले अन्तिम संस्कारकालागि बिहीबारनै परिवार तथा अाफन्तलार्इ जिम्मा दिएकाे छ । उक्त शव एक महिना अघी नै गाडिएकाेले दुर्गन्धित बनेकाे थियाे ।
प्रहरीका अनुसार क्यान्सरबाट पिडित अामा बेचनीकाे उपचार खर्च निकाल्न नसकेपछि कान्छाे छाेरा २८ बर्षीय बिजयले हत्या गरी बाेरामा पाेकाे पारेर स्थानीय खाेलाकाे डिलमा गाडेकाे बताइएकाे छ । स्थानीयवासीलार्इ उदृध गर्दै प्रहरीले बताए अनुसार घटना एक महिना अघीनै भएकाे र प्रहरीमा उजुरी ढिलाे अाएकाे जस अनुसार समय लम्बिएकाे बताइएकाे छ ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी प्रमुख डिएसपी अाेम अधिकारीका अनुसार बिहीबार चाैधरी बिरूद्ध उजुरी दर्ता भएकाे र बिहीबारनै अभियुक्तलार्इ पक्राउ गरी साेधपुछ गर्दा यस्ताे रहस्य खुलेकाे बताए । अामालार्इ क्यान्सरकाे उपचार गराउने भनी घर बाट लिए हिडेका छाेराले फर्कदा अामालार्इ नलिइ अाएकाे देखेपछि स्थानीयहरूले संका सुरू गरेका थिए ।
यस्ताे छ घटना बिवरण
केही महिना अघी सडक दुर्घटनामा परी घाइते भइ उपचारकालागि काठमाण्डाै गएका बेचनी चाैधरीका श्रीमान भरतलाल चाैधरी घरमा नभएका बेला अामालार्इ उपचारका लागि लैजाने भन्दै घरबाट लिएर हिडेका बिजया चाैधरी फर्कदा एक्लै देखेपछि स्थानीयमा संका उत्पन्न भयाे । पछि बाबु भरतलाल घर अाइ श्रीमती खाेजी गर्दा कान्छाे छाेराले लगेकाे स्थानीयले बताएपछी पटक पटक साेधपुछ थाल्दा उल्टै बाबुमाथीनै जाइलागेका थीए । मेरी स्वास्नी खाेइ भन्दा मैले मारेर गाडिदिए भन्ने कान्छाे छाेराकाे उत्तर प्रती बाबुकाे संका सुरू भयाे ।
बाबु भरतलाललार्इ असहनीय भएपछि बिहीबार इलाका प्रहरी कार्यालय इटहरीमा उजुरी दिए । प्रहरीले उजुरी दिएकाे १ घण्टा भित्रै इटहरीकाे बसपार्क क्षेत्रबाट अभियुक्तलार्इ पक्राउ गरी नियन्त्रणमा लीइ साेधपुछ अघी सार्दा बिजयले सबै कुरा प्रहरीलार्इ बताए ।
उन्ले यहाँ सम्मकी अाफैले हत्या गरी गाडेकाे स्थान स्थानीय टेंग्रा खाेलाकाे किनार समेत लगेर उत्खनन गराए र प्रहरीले सेताे बारामा पाेकाे पारी गाडीएकाे अवस्थामा दुर्घन्धित शव बरामद गर्याे र बिहीबारनै अाफन्तहरूलार्इ अन्तिम संस्कारकालागि जिम्मा लगायाे ।
About Admin MC3
This is dummy text. It is not meant to be read. Accordingly, it is difficult to figure out when to end it. But then, this is dummy text. It is not meant to be read. Period.
ConversionConversion EmoticonEmoticon