natural disaster

जनकपुरधाम, १०, असार । बिहानदेखिको भारी वर्षाले जनकपुर उपमहानगरपालिका जलमग्न भएको छ । आज बिहान भारी वर्षा भएपछि पानीको उचित निकास नहुँदा जनकपुरको अधिकांश क्षेत्र जलमग्न भएको हो ।
भारी वर्षाले जनकपुरका भानुचोक, कदमचोक, मिल्स एरिया, विद्यापति चोक र विश्वकर्मा चोक सडक जलाशयमा परिणत भएका छन् । नगरका मुख्य सडक जलमग्न भएपछि आवागमनसमेत प्रभावित भएको छ ।
वर्षाको पानीले यातायात, रासस, वनलगायतका कार्यालयको परिसरमा पानी जमेको छ भने जिल्ला प्रशासन कार्यालय क्षेत्रको सडक पनि हिलाम्य भएको छ ।

Previous
Next Post »