neplase in india

काठमाडौ, १५ असार । नेकपा एमाले र नेकपा माओवादी केन्द्र आबद्ध भारतमा रहँदै आएका प्रवासी नेपालीहरुले नेपाल भारतवीच भएको सन् १९५० को शान्ति तथा मैत्रि सन्धी खारेजी र निर्वाचनमा मतदान गर्न पाउनु पर्नेसहितका १६ बुँदे माग प्रस्तुत गरेका छन ।
राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख र मन्त्रीहरुलाई भेटेर उनीहरुले आफूहरुको माग सहितको ज्ञापन पत्र प्रस्तुत गरिसकेका छन ।
एमालेनिकट प्रवासी नेपाली संघ भारत र माओवादी निकट अखिल भारत नेपाली एकता मञ्चले बुधवार रिपोर्टर्स क्लब नेपालमा संयूक्त पत्रकार सम्मेलन गरेर आफूहरुको माग सार्वजनिक गरेका हुन ।
उनीहरुले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डतामा आँच नआउने गरी १९५० सन्धी खारेज वा पुनरावलोकन गरेर समय अनुसार नयाँ सन्धी गर्नु पर्ने, नेपाली नागरिकता वा राहदानीकै आधारमा बैंक खाता खोल्न पाउनु पर्ने, ईच्छाएको ठाँउमा पेन्सन पाउनु पर्ने ब्यवस्था हुनु पर्ने, भारतबाट नेपाल टेलिफोन गर्दा लाग्ने शुल्क कम हुनु पर्ने, नेपाली विद्यार्थीसँग डलरमा शुल्क लिने प्रावधान खारेज हुनुपर्ने माग रहेको छ ।
यस्तै सीमामा नेपाली नागरिकलाई भारतीय प्रहरीले दुख दिने अवस्थाको अन्त्य गरिनु पर्ने, मुम्बईमा कन्सुलेटको कार्यालय खोल्नु पर्ने, उपचार र पर्यटकको रुपमा जाने नेपालीको लागि नयाँ दिल्लीको पायक पर्ने स्थानमा अस्थायी बसोबासको ब्यवस्था मिलाउनु पर्ने, भारुको अबैद्य कारोवारमा संलग्नलाई कारवाही गर्नु पर्ने, प्रवासी मैत्रि योजना बनाउनु पर्ने, भारतमा नर्सिङ पढ्ने नेपाली विद्यार्थीलाई त्यही प्राक्टिकलको ब्यवस्था गर्नु पर्ने, प्रवासी नेपालीलाई भारतमै रहेर मतदान गर्न पाउने ब्यवस्था गर्नु पर्ने, भारतमा नेपाली माथि हुने जघन्य अपराधमा राज्यले हस्तक्षेप गरेर न्याय दिलाउनु पर्ने र नेपालबाट भारत जानेको लागत राख्नु पर्ने लगायतका माग अघि सारेका छन ।
पत्रकार सम्मेलनमा प्रवासी नेपाली संघ भारतका अध्यक्ष लोकनाथ भण्डारीले नेपालको अर्थतन्त्रमा भारत प्रवासमा रहेका नेपालीहरुको सबैभन्दा ठूलो योगदान रहेकोले उनीहरुको समस्यामा सरकार गंभिर हुनु पर्ने भन्दै भारतमा नेपालीहरुलाई विभिन्न सन्धि सम्झौता अनुसार ब्यवहार हुन नसकेकोले त्यस्तो सन्धी सम्झौतालाई समयानुकुल बनाउनु पर्ने धारणाराखे ।
अखिल भारत नेपाली एकता मञ्चका पूर्व अधयक्ष टिबि पाठकले भारतमा रहे पनि आफूहरुलाई नेपालको सार्वभौमसत्ता र अखण्डता प्राणभन्दा प्यारे रहेको भन्दै प्रवासी नेपालीको समस्या हल गर्न सके त्यसको लाभ नेपालले प्राप्त गर्न सक्ने विश्वास ब्यक्त गरे ।
Previous
Next Post »