rich person in biratnagar

विराटनगर: नेपालमा गोल्छा परिवारले २० हजारजनाभन्दा धेरैलाई जागिर दिएको छ। उसका ३५ भन्दा धेरै उद्योग छन्। तर औद्योगिक घराना र व्यवसायमा सफल गोल्छा परिवारका सन्तान भने अरूकैमा जागिर खान्छन्।
अन्य जागिरेझैं समयमै कार्यालय पुग्छन् र नियमअनुसार बिदामा बस्छन्। आफूभन्दा माथिल्लो हाकिमकै अरनखटनमा चल्छन्। सामान्य कर्मचारीसरह नै उनीहरू पनि मासिक तलब बुझ्छन्।
गोल्छा अर्गनाइजेसनको जग बसाल्ने र यो औद्योगिक घरानाको सूत्रपात गराउने रामलाल गोल्छाको चौथो पुस्ता अर्थात् उनका पनाति अभिमन्यु गोल्छा र पनातिनी अनुज्ञा अहिले अरूकैमा जागिर खाइरहेका छन्। विदेशमा पढाइ पूरा गरेका अभिमन्यु सामसुङ कम्पनीमा र इन्फरमेसन टेक्नोलोजीअन्तर्गत एनिमेसन विधामा ग्र्याजुएट अनुज्ञा भारतको नयाँदिल्लीमा जागिरे छन्।
अनुज्ञा गोल्छा अर्गनाइजेसनका निर्देशक सुरेन्द्र गोल्छाकी छोरी हुन्। अभिमन्यु शेखर गोल्छाका छोरा र सुरेन्द्रका भतिजा हुन्। सुरेन्द्रका अर्का एक भतिजा पनि लन्डनमा पढ्दा त्यहाँको सिनेमा हलमा जागिर खान्थे। सुरेन्द्रले भने, 'छोरीले ग्र्याजुएट नगरुन्जेल घरबाटै पढाइ र अन्य खर्च पठाइदिने गरेको थिएँ। अहिले आफैं जागिर खाँदैछिन्। छोरी आफ्नो खर्चको जोहो आफैं गर्न सक्षम भइन्।'

Previous
Next Post »