विराटनगरःमोरङमा १२ वटा भएका बलात्कारका घटनामा १० वटा बालिका बलात्कारका घटना भएका छन् । यो तथ्याङ्कले बालिका बलात्कार बढ्दो क्रममा पुगेको देखाएको छ ।
विगत ६ महिनामा ५१ वटा मानवअधिकार उलङ्घन तथा ज्यादतीका घटनाहरु भएकोमा १२ वटा बलात्कारका घटनासँग सम्बन्धित थिए । तीमध्ये पनि धेरै बालिका बलात्कारका छन । जिल्ला अदालत मोरंगले बुधबारमात्रै आफ्नै छोरीलाई बलात्कार गर्ने एकजना बुबालाई २३ वर्ष जेल सजायको फैसला गरेको थियो ।
इन्सेक मोरङले नेपाल मानव अधिकार वर्ष पुस्तक २०१७ का लागि संकलन गरिएका घटनाहरुको प्रकाशन पूर्वसमीक्षाका लागि विराटनगरमा विहीबार गरेको कार्यक्रममा घटनाबारे जानकारी गराइएको हो ।
घटनामध्ये सबैभन्दा बढी २९ वटा घरेलु हिसासँग सम्बन्धित छन् । यो अवधिमा १२ ओटा बलत्कारका घटनामा १० जना बालिका पीडित रहेको समेत तथ्याङ्क सार्वजनिक गरिएको छ । कार्यक्रममा इन्सेक क्षेत्रीय कार्यालय प्रमुख सोमराज थापाले पूर्व समीक्षाको महत्वको बारेमा जानकारी गराउनु भयो ।
कार्यक्रममा इन्सेकका महासचिव रमेशचन्द्र पौड्यालले मानवअधिकार उलङ्घनका घटना कमहुदै जाउनभन्ने चाहना भएपनि मानवअधिकार उलङ्घनका घटनामा कमी आउन नसकेको बताउनु भयो । महासचिव पौड्यालले इन्सेकले सीमित स्रोत साधनबाट ब्यापक क्षेत्र ओगटेको मानवअधिकार सिङ्गै हेर्न नसक्ने भएकोले सबैको सहयोगको खाचो रहेको बताउनु भयो । कार्यक्रममा मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायाले कानुन र विधीअनुसार सबै चल्ने हो भने मानवअधिकार उलङघनका घटना कम हुदै जाने बताउनु भयो ।
त्यसैगरी मोरङमा प्रहरी प्रमुख सन्दीप भण्डारीले मानवअधिकारको संरक्षणमा राज्यको उतरदायी भएपनि एक्लो प्रयासले नहुने भएकोले मानवअधिकारकर्मी, पत्रकार,नागरिक समाज सबैको सहकार्यको आबश्यकता रहेको बताउनु भयो । नेपालपत्रकार महासंघका केन्द्रीय सदस्य गणेश लम्सालले घटना संकलनकार्यसंगै अनुगमन र मुल्याङकनलाई संगै लिएर गए मानवअधिकार उलङघन गर्नेहरु पछि हट्ने बताउनु भयो ।
कार्यक्रममा सहभागिहरुले अन्य संघसस्थामा आएका घटनाहरु पनि विश्लेषण गरेर बर्षपुस्तकमा समाबेश गर्न इन्सेकलाई सुझाव दिएका छन् ।
-
ConversionConversion EmoticonEmoticon