काठमाडौं, २० असार । आफ्नै भतिजी बलात्कार अभियोगमा महानगरिय प्रहरी वृत्त बानेश्वरले पक्राउ गरेका माआोवादी नेता काभ्रे शिवालयका मोतीराज गौतमलाई छाड्न नेकपा माओवादी केन्द्रका नेताहरूको दबाब पर्न थालिएको बुझीएको छ ।
भतिजीलाई बलात्कार गरी भागेर काठमाडौं आएका गौतमलाई शनिबार प्रहरीले पक्राउ गरेको बताइएको छ । प्रहरीले शनिबार नियन्त्रणमा लिएर आइतबार म्याद थप गर्नका लागि अदालत लैजानु पर्नेमा नलैजानुलाई गम्भिरताका साथ हेरिएको छ ।
स्रोतका अनुसार गृहमन्त्री शक्तिबहादुर बस्नेतमार्फत विभिन्न नेताहरुले कारबाही प्रकृया अघि नबढाउन दबाब समेत दिइएको बताइएको छ
ConversionConversion EmoticonEmoticon