एजेन्सी । बेल्जियमको जेन नाम गरेका यी व्यक्तिले आफुले बिहे गरेको मान्छे १९ वर्षपछि केटा भएको पत्ता लगाएका हुन् । जेनले मोनिका नाम गरेका महिलासँग १९ वर्ष पहिले दोस्रो बिहे गरेका थिए । मोनिका इन्डोनेसियामा बस्थिन् । जेनले बिहे गरेर मोनिकालाई बेल्जियम ल्याए ।
जेनको पहिलो श्रीमतीबाट दुई छोराछोरी थियो । त्यसैले मोनिकाले पनि बच्चा नजन्माउने भनेकी थिइन् । उनको त्यो कुरा जेनले पनि मान्न तयार भए । जब जेनले यौन सम्बन्धको प्रस्ताव राख्ने बेलामा मोनिका जहिले पनि महिनावरी भएको भनेर पन्छाउने गर्थिन ।
मोनिकाले जेनको सौतेलो छोराछोरीको खुबै ध्यान दिएर स्याहार गर्थिन् । त्यसैले जेनले मोनिकालाई मन पराइरहे । तर, जब मोनिकाले फुल टाइम जागिर पाइन् । उनी भड्किलो हुदै गएको महसुस जेनलाई भयो । एकपटक जेनले मोनिकालाई नाइट क्लबमै भेटेपछि भने जेन र मोनिकाको झगडा बढ्न थाल्यो ।
जेनको एक साथीले मोनिका केटा भएको कुरा सुनाइदिए । आफ्नै छोराले पनि यो कुरा जेनलाई सुनायो । यो कुरा सुनेर जेन छानोबाट खसे झै भयो । जेनले मोनिकालाई किन धोका दिएको भनेर सोधे । मोनिकाले आफु जन्मदाँ केटा भएर जन्मेको र लिंग परिवर्तन गरी केटी भएको जवाफ दिइन् ।
जेन अहिले यस विषयलाई लिएर अदालतमा पुगेका छन् । अदालतले मोनिकालाई केटा भन्ने हो कि केटी जेन पर्खाईमा छन् ।
ConversionConversion EmoticonEmoticon