determine the biggest nose in the world

विश्वमा सबैभन्दा ठूलो नाक कसको छ भन्ने प्रतियोगिता पनि आयोजना हुन्छ भन्ने सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ । तपाईंको नाक कत्रो छ? सानो, ठूलो वा मध्यम? तर जर्मनीमा यसै साता विश्व नाक प्रतियोगिताको आयोजना गरियो । जर्मनीको बाभरियामा भएको प्रतियोगिता अष्ट्रियाका हर्मन माकटिन्जरले बाजी मारे ।
त्यस्तै महिलातर्फ जर्मनीकी ब्रिगिटी कोलहुवरको नाक उत्कृष्ठ भयो । विश्व नाक प्रतियोगिता हरेक पाँच वर्षा गरिन्छ । यस प्रतियोगितालाइ पुरुष र महिला गरी दुई विधामा छुट्टाइएको छ । नाकको लम्बाई र चौर्डाईका आधारमा विजेता घोषित गर्ने प्रतियोगिताको निमय छ ।
एजेन्सी
Previous
Next Post »