काठमाडौं,११साउन । नेपालमा भारतको कट्टर बिरोधी मानिएका नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कसरी भारतको ‘सदस्यता’ हासिल गर्न सफल भए भन्नेबारेमा पत्रकार प्रशान्त झाले एक रिपोर्ट प्रकाशित गरेका छन् । ओली सरकारको बाहिरिगमन पछि निकै उत्साहित देखिएको भारतीय मिडियामा कांग्रेस–माओवादी गठबन्धनलाई ‘भारतको समर्थन प्राप्त गठबन्धन’ को रुपमा प्रस्तुत गर्न एकपछि अर्को रिपोर्ट सार्वजनिक भइरहेको छ । यसै श्रृंखलामा थप एक कडी झाले थपेका छन् ।
‘शंकादेखि साझेदारीसम्म ः कसरी नेपालको माओवादी ओली हटाउन भारततर्फ ढल्कियो ?’ भन्ने शीर्षकमा झाले रिपोर्ट प्रकाशित गरेका छन् । यसमा उनले नेपाल र भारतका आठ जना राजनीतिक र कुटनीतिक स्रोतको हवाला दिएका छन् ।
रिपार्टको शुरुवातमा सात महिनाअघि (गत जनवरीमा) कसरी प्रचण्डले भारतमाथि आफ्नो हत्याको षड्यन्त्र बुनेको आरोप लगाएको उल्लेख छ ।
रिपोर्टमा जनवरीमा प्रचण्डले भारतीय उच्चतहका अधिकारीलाई भेटेर भारतले आफ्नो हत्या गर्ने योजना बनाएको पत्र बुझाएको दाबी गरिएको छ । त्यस्तै प्रचण्डले दिल्लीले नै तात्कालिन शीर्ष नेता डा. बाबुराम भट्टराईको पार्टीबाट राजीनामा दिने वातावरण तयार गरेको आरोप लगाएको उल्लेख गरिएको छ । भारतीय गुप्तचर संस्थाले हत्याको योजना बनाएको उल्लेख भएको उक्त पत्र भारतको राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलसम्म पुगेको तर, उनले उक्त दाबी खारेज गरेको रिपोर्टमा बताइएको छ ।
उक्त घटनाको ६ महिनापछि त्यही भारतलाई विश्वास गर्दै प्रचण्डले ओली नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिएको दाबी गरेको छ ।
यद्यपि, अहिलेको सरकार परिवर्तनमा आन्तरिक कुराले नै मुख्य भूमिका खेलेको झाले बताएका छन् । भूकम्पपछि मधेसी र आदिवासी जनजातीको साथ छाडेर माओवादीले कांग्रेस–एमालेसँग मिलेर संविधान जारी गर्यो । ओलीलाई समर्थन गरेर प्रधानमन्त्रीको कुर्सीमा विराजमान गरायो । तर, त्यसपछि माओवादीले आफ्नो निर्णयमा समिक्षा गर्न थाल्यो ।
वर्षमान पुनको भनाई उद्धृत गर्दै भनिएको छ, ‘ओली संघीयता र समावेशीताको विरुद्धमा थिए । उनी मधेसी, जनजाती, दलित र महिलाप्रति अनुदार थिए । हामीले राज्यको पुर्नसंरचनाको मुद्दाका लागि संघर्ष पनि गर्यौं । पछिल्लो गठबन्धनप्रति प्रचण्ड असहज थिए । उनी आफ्नो पूरानो आधारमा फर्कन चाहन्थे ।’ अनन्तले यही गठबन्धनमा रहे माओवादी एमालेकोको पूरक पार्टीका रुपमा मात्र बाँकी रहने खतरा रहेको पनि बताएका छन् । त्यस्तै द्वन्द्वकालिन मुद्दाले पनि ठूलो भूमिका खेलेको रिपोर्टमा उल्लेख छ । ‘द्वन्द्वकालिन मुद्दा टिआरसीमार्फत लगिनुपर्नेमा युरोपिएन एनजीओको सञ्जालद्वारा सञ्चालित एमालेले यो मुद्दालाई वेवास्था गरेको प्रचण्डको बुझाइरहेको अन्नतले बताएका छन् । यो मुद्दा समाधान गर्न माओवादीलाई भारतको साथ चाहिएको प्रचण्डको निक्र्यौल रहेको थियो किनभने भारतले नै नेपालको शान्ति प्रक्रियामा मुख्य भूमिकामा खेलेको थियो ।
अर्का विवादास्पद नेता अमरेशलाई उद्धृत गर्दै प्रचण्डले भारतले आफूलाई चारपटक सहयोग गरेको र चारपटक धोका दिएको कुरा राखेको रिपोर्टमा उल्लेख छ । झाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्डलाई शुभकामना दिनका लागि सन्देशको ड्राफ्ट समेत तयार भइसकेको रिपोर्टमा बताइएको छ ।

ConversionConversion EmoticonEmoticon