husband and wife

१९ असार, काठमाडौं । आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी रविन्द्र रेग्मीको कार्यकक्ष भरिभराउ थियो । सबैको नजर थियो, घोसेमुन्टो लगाएर उभिएका एक जोडी महिला र पुरुषमा ।Sanish-And-Shreejana
‘हाम्रो पैसा कहिले तिर्ने ?’ कार्यकक्षमा रहेका ४० जनाभन्दा बढीले एकै स्वरमा सोधिरहेका थिए । जवाफ दिने कोही थिएन । सबैको तारो भएर उभिएका दुई अभियुक्त थिए सनिस मिश्र र उनकै श्रीमती सृजना भण्डारी । उनीहरुले महंगो ब्याज दिने भन्दै प्रलोभनमा पारेर ६३ जनाबाट ४८ करोड रुपैयाँ असुल गरेको आरोप लागेको छ ।
ब्याजको आशमा १ करोड स्वाहा
वौद्धका हेमकुमार श्रेष्ठले गत फागुनमा कान्तिपुर दैनिकमा एउटा विज्ञापन देखे । ओमबार गुप्रको नाममा छापिएको विज्ञापनमा ‘लगानी गर्नुहोस नाफा कमाउनुहोस’ भनेर लेखिएको थियो । भोलिपल्टै विज्ञापनमा भनिएको ठेगाना पछ्याउँदै श्रेष्ठ मैतिदेवी पुगे । त्यहाँ कार्यालय नदेखेपछि फोन गरे । कम्पनीबाट गाडी नै लिन आयो ।
कार्यालयमै भेटिएका सनिस मिश्रले लगानी गर्ने तरिका बताए । एक लाखको महिनामा ८ हजारका दरले व्याज दिने प्रलोभन उनले देखाए । हेमकुमारले आफूसँग भएको तीन लाख निकालेर मिश्रलाई बुझाए, अनि महिनामा २४ हजार रुपैयाँ ब्याज आउने कुरामा ढुक्क भए ।
के आधारमा विश्वास गरेर त्यत्रो पैसा दिनुभयो त ? भन्ने जिज्ञासामा उनी भन्छन्, ‘म मात्रै हो र, अरु मान्छेहरु पनि भटाभट पैसा बुझाउँदै थिए । कोही ब्याज बुझेर गइरहेका थिए । सबै मान्छे टाठाबाठा नै देखिन्थे । अनि किन विश्वास नगर्ने ?’
दुई महिनासम्म ३ लाखको २४ हजारको दरले ब्याज पनि बुझे श्रेष्ठले । दुई महिनापछि झन् लोभिएर थप ६ लाख मिश्रलाई बुझाए । त्यसको पनि महिनाको ७२ हजारको दरले ब्याज बुझन थाले । त्यसपछि त हेमकुमार यति हौसिए कि आफ्नो घरै १ करोडमा धितो राखेर सबै पैसा बुझाए ।
Previous
Next Post »