indian news

एजेन्सी । भारतीय सुरक्षा एजेन्सीले आईएसले बंगलादेशमा गरेको आतंकारी हमलापछि आसाम र पश्चिम बंगालमा आईएसको हमला हुन सक्ने आशंका ब्यक्त गरेका थिए, तर यसै बीच सार्बजनिक भएको एउटा प्रतिबेदनले उनीहरुको चिन्ता झन् बढेको छ ।
पेरिस हमलापछि पक्राउ परेका फ्रान्सेली नागरिक रेडा हेमले गरेको खुलासाका कारण यस्तो भएको हो । हेमले आईएसले केहि भारतीयलाई पनि आत्मघाती हमला गर्नको लागि तालिम दिई रहेको बताएका हुन् । उनी अगस्त २०१५ मा पक्राउ परेका थिए ।
अनुसन्धानको क्रममा उनले तालिममा रुसी, अमेरिकि, चिनियाका साथ साथै भारतीय नागरिकहरु पनि देखेको दाबी गरेका हुन् । हेम आईएसको विदेशी अपरेशन बिभागमा आबद्द थिए । आईएसको यस बिभागका प्रमुखमा बगदादीका प्रवक्ता अबु मुहम्मद अल अदनानी छन् ।
पश्चिमी गुप्तचर एजेन्सीका अनुसार आईएस विदेशी नागरिकहरुलाई आत्मघाती हमलाको लागि तयार पार्दै छन्।
हेमले तालिम सिरियाको होम्स ईलाकामा दिइएको बताएका हुन् । भारतीय एजेन्सीका अनुसार आईएसमा करिब २५ भारतीय छन् ।
Previous
Next Post »