kp oli vs sherbahadhur deuwa

भारतीय कम्पनीलाई तराई पहाड जोड्ने काठमाडौं-निजगढ फास्ट ट्र्याक बनाउन दिने सम्झौता रद्द गर्न माग राखेर दायर रिट निवेदनलाई हिजो बिहीबार सर्वोच्च अदालतले परिस्थितिमा परिवर्तन भइसकेको भन्दै खारेज गरेपछि एक वर्षदेखिको विवाद किनारा लागेको छ।

सरकारले नीति कार्यक्रममा आफैंले निर्माण गर्ने घोषणा गरेको अवस्थामा भारतीय कम्पनीसँग भएको सम्झौताको औचित्य समाप्त भइसकेको आधारमा रिट खारेज भएको हो।राष्ट्रलाई दूरगामी आर्थिक नोक्सान हुने गरी भारतीय कम्पनी आईएल एन्ड एफएस सूर्यभीर कन्स्ट्रक्सन कम्पनीसँग फास्ट ट्र्याक सम्झौता भएको दाबीसहित गत वर्ष रिट दायर भएको थियो
व्यवस्थापिका संसद्को अर्थ समितिले पनि राष्ट्रिय महत्वको परियोजना सरकार आफैंले निर्माण गर्नुपर्ने निर्देशन दिएको अवस्था रहेको सर्वोच्चले जनाएको छ। ‘पुनरावलोकन समितिले सम्झौता भएमा राष्ट्रलाई क्षति हुने प्रतिवेदन दिएकाले त्यस्तो सम्झौता गर्नु नपर्ने पुष्टि भएकाले र समयसापेक्ष सबै कुरा परिवर्तन भइसकेको अवस्था देखिन्छ’, सर्वोच्चको निर्णयमा उल्लेख छ, ‘प्रस्तुत परियोजनाबारेमा पुनर्मूल्यांकन, नयाँ दृष्टिकोण र नयाँ परिवेश, आर्थिक भार सबै कुरा बदलिई पुनर्मूल्यांकन गर्नुपर्ने भएको देखिन आउँछ।अतः उक्त सम्झौता पुनः हुनसक्ने देखिन आएन।’
सर्वोच्चले उक्त परियोजनालाई निरन्तरता दिनुपर्ने कुनै औचित्य नभएको र सम्झौताको औचित्यसमेत समाप्त भइसकेको फैसलामा उल्लेख छ।सरकारले आर्थिक वर्ष २०७३/७४ को वार्षिक नीति तथा कार्यक्रममा तराई पहाड जोड्ने फास्ट ट्र्याक आफैं बनाउने घोषणासहित दस अर्ब बजेटसमेत विनियोजन गरेको थियो।
‘एउटा सबल राष्ट्रको सक्षम सरकारले त्यस्तो कार्यक्रम बनाउने र स्वयं सञ्चालन गर्न सक्षम हुँदाहुँदै उक्त परियोजना निर्माण गर्न नसक्ने भनी व्याख्या गर्न मिल्दैन’, निर्णयमा उल्लेख छ।मन्त्रालयको प्रस्तावमा लगानीकर्ता भारतीय कम्पनीले कुनै पनि रकम लगानी गर्नु नपर्ने र सरकारी लगानीमात्र प्रयोग हुने भनिएको थियो।
कामु प्रधानन्यायाधीश सुशीला कार्की र जगदीश शर्मा पौडेलको संयुक्त इजलासले नयाँ परिवेशमा रिट औचित्यपूर्ण भएको भन्दै खारेजीको निर्णय गरेको हो।
सर्वोच्चको दह्रो झापड देउवालाई , प्रधानमन्त्री ओलीको अर्को जित
सर्वोच्च अदालतको हिजोको फैसलाले कांग्रेस सभापति शेरबहादुर लगायत फास्ट ट्रयाक नेपालले बनाउनु सक्दैन भन्दै भारतलाई दिनु पर्छ भन्दै लबिङ गर्ने समुहलाई सबै भन्दा ठुलो झापट हानेको राजनैतिक वृतमा अनुमान गरिएको छ | किन कि पुर्बप्रधानमन्त्री देउवा कांग्रेस नेता विमलेन्द्र निधि खुलमखुला फास्ट ट्रयाक भारतलाई दिनु पर्छ भन्दै संसददेखि सडकसम्म लबिङ गरिरहेको सबैले देखेका छन | यसलाई प्रधानमन्त्री ओलीको अर्को जितको रुपमा पनि ब्याख्या गरेको देखिन्छ |
- See more at: http://www.lightnepal.com/27386/#sthash.TOtqTkMM.dpuf
Previous
Next Post »