messsi

पोर्चुगलका स्टार स्ट्राइकर तथा रियल मड्रिडका प्रभावशाली खेलाडी क्रिष्टियानो रोनाल्डोले चिरप्रतिद्वन्द्वी लिओनल मेस्सीको सन्यास लिएको निर्णयबारे आफ्नो अभिव्यक्ति दिएका  छन् ।
केहि समयअघि मात्रै सम्पन्न कोपा अमेरिका कप फूटबलको फाइनमा चिलीसंग पेनाल्टीमा चुके पछी पराजय भोगेपछि अन्तरास्ट्रिय खेल जीवनबाट सन्यासको घोषणा गरे , त्यस खेलमा मेसीले नै पहिलो पेनाल्टी सुट मिस गरेका थिए । यस निर्णयलाई अर्जेन्टिनी समर्थक तथा उनका फ्यानले स्वीकार नै मानेनन् ।
रोनाल्डोले युरोकपको  सेमिफाइनल  वेल्ससँग खेल्नु अघि  भने, उनले कठिन निर्णय लिएका हुन् र यो कुरा मानिसहरुले यो बुझ्नुपर्छ ।’ रोनाल्डोले थपे  ,’मेस्सीमा  हार्ने र निराश हुने स्वभाव पनि नभएको बताए ।’ एउटा पेनाल्टी मिस गर्दैमा खराब खेलाडी नभइने पनि जनाए । मेस्सी रोनाल्डाको चिरप्रतिद्वन्द्वी भए पनि प्रोत्साहित गर्दै भनेका छन्, मेस्सी रोएको देख्दा राम्रो लाग्दैन । मलाई आश छ कि उनी राष्ट्रिय टिममा फर्कनेछन् ।’
यससंगै हिजो मात्रै अर्जेन्टिनाबाट प्रकासितहुने ‘ला नेसन’ पत्रिकाले  मेसीले खेल जीवनबाट सन्यास लिने घोषणा फिर्ता लिएको दाबी गरेको छ । तर पुस्ट अधिकारिक जानकारी भने आएको छैन । तर यस कारण पनि उनिले सन्यास फिर्ता लिन सक्ने प्रस्ट आधार यस्ता छन् की , अर्जेन्टिनाका राष्ट्रपति म्याक्रीले मेसीलाई फोन गरेर अरुको आलोचना नसुनी टोलीमा फर्कन आग्रह गर्नु , अर्जेन्टिनाका महान फुटबलर डियागो म्याराडोना पनि सन्यास फिर्ता लिन आग्रह गर्नु तथा अर्जेन्टिनाका मेसीका समर्थकहरुले निर्णय फिर्ता लिन भन्दै दवाब स्वरूप प्रदर्सन गर्नुले पनि उनिले सन्यास फिर्ता लिने कुरा प्रस्ट नै छ ।
Previous
Next Post »