काठमाडौं, १९ असार । केहि दिनदेखि परेको अविरल बर्षाको कारण धादिङको रि गाविस, ९ को चेप्राङ्गमा गएको पहिरोमा फसेको स्थानीयलाई नेपाली सेनाले उद्वार गरेको छ ।
पहिरोका कारण उद्धार हुन नसकेका ७ जना स्थानीय बासिन्दाहरुलाई आइतबार उद्वार गरेको हो । नेपाली सेनाको हेलिकप्टर तथा डिजास्टर एसिस्टेन्ट एण्ड रेस्क्यू टिम (डिएआरटी) र धादिङस्थित नेपाली सेनाको देवीदत्त गणबाट गएको टोलीले सकुशल उद्धार गरेको हो ।
उद्धार गरिएका मध्ये ४ जनालाई सदरमुकाम धादिङबेशीमा ल्याई थप उपचारको लागि नेपाल रेडक्रस सोसाईटी शाखा कार्यालयमा बुझाईएको छ । अन्य ३ जनालाई रि गाउंको मेलेडांडामा उद्धार गरिएको छ ।
ConversionConversion EmoticonEmoticon