काठमाडौं, २० असार । नेपाली हलहरूमा आक्रमक रूपमा एड्भान्स बुकिङ् भइरहेको सलमान खान अभिनित ’सुल्तान’का लागि ३ करोड २० लाख नेपाली रूपयाँ तिरिएको छ। यो रकममा सुल्तानको नेपाल बिक्री रकम भने हैन् । फिल्मलाई एड्भान्स कमिशनमा किनिएको हो । गोपीकृष्ण मुभिजले फिल्मलाई नेपाल ल्याएको हो । उनीहरूले निर्माण कम्पनी यशराज फिल्मसबाट फिल्म किनेको नभइ नाफा बाँडफाडका आधारमा नेपाल ल्याएको हो । गोपीकृष्णले तिरेको रकम आउनसक्ने नाफाको हिस्सालाई आधार मान्दै तिरेको जानकारी गोपीकृष्ण मुभिजमा वितरक विभाग सम्हाल्दै आएका प्रमूख निरज पौडेलले दिएका छन् ।
निरजका अनुसार कुल व्यापारमा ८० प्रतिशत यसराजले पाउनेछ भने गोपीकृष्णले २० प्रतिशत पाउने सर्तमा नेपालमा गोपीकृष्णले वितरण जिम्मा पाएको हो। उनका अनुसार यसराजले सबैलाई यही आधारमा फिल्म बेचेको छ । ‘पाकिस्तानले समेत १० करोड भारूमा फिल्म किन्न खोजेको भए पनि यशराजले आफ्नो सर्तमा मात्र फिल्म दिएको छ । नेपालबाट पनि केही वितरक हाम्रो भन्दा आकर्षक रकम प्रस्ताव लिएर गएको भए पनि हाम्रो कम्पनीको उक्त कम्पनीसँगको २५ वर्ष लामो सहकार्यका कारण हामीलाई दिइएको हो’, उनले भने । यसअघि पनि यशराजका फिल्मलाई गोपीकृष्णले मात्र नेपालमा वितरण गर्दै आइरहेको छ । निरजले दिएको जानकारी अनुसार नेपालमा सुल्तानलाई केही प्रतिशत मिनिमम ग्यारेन्टी (एमजी’ र अन्य नाफा बाँडफाँडका आधारमा बेचिएको बताए । उनले फिल्मले नेपालमा राम्रो व्यापार गर्ने आशा व्यक्त गरे ।
- See more at: http://www.lightnepal.com/28058/#sthash.1kFq2DQa.dpuf
ConversionConversion EmoticonEmoticon