nepali players

काठमाडौं । बेलायत भ्रमणका लागि पारस खड्काको कप्तानीमा नेपाली क्रिकेट टोलीको घोषणा भएको छ ।अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले तोकेको छनौट समितिले टोलीको घोषणा गरेको हो । नेपाल क्रिकेट संघ क्यान निलम्बनमा परेपछि आईसीसी आफैंले टिम हेरिरहेको छ ।
टोलीमा सुवास खकुरेल र अनिल मण्डलले पुनरागमन गरेका छन् भने नयाँ अनुहारका रुपमा विक्रम शोव आएका छन् ।टोलीका अन्य सदस्यमा ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, शरद भेषावकर, सोमपाल कामी, सागर पुन, विनोद भण्डारी छन् । यस्तै करण केसी, सन्दिप लामिछाने, राजु रिजाल र राजेश पुलामी मगर पनि टोलीमा परेका छन् ।
नेपाली टोली अर्को साता बेलायत जानेछ र, १९ तारिखमा मेरिलोबोन क्रिकेट क्लब एमसीसीसँग लर्डस्मा खेल्नेछ । अन्य स्थानीय टोलीसँग खेल्ने तय भएको छ ।बेलायत भ्रमणलाई विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेदरल्याण्डसँगको खेलको तयारीका रुपमा समेत हेरिएको छ ।
Previous
Next Post »