pansion

नेपालमा मात्रै भारतले पेन्सनका लागि करिब ३५ अर्व रुपैयाँ खर्च गर्ने June 30, 2016 नयाँदिल्ली। भारतमा केन्द्र सरकारले सातौं वेतन आयोगको सिफारिश अनुसार ५० लाख कर्मचारीको तलव तथा ५८ लाख पेन्सनरको पेन्सन बढाएको छ। भारतमा गरिएको तलवको वृद्धिबाट साढे दुई लाख नेपाली लाभान्वित हुनेछन् । बुधवार बसेको भारतको क्याविनेट बैठकले आयोगको सिफारिश लागू गर्ने घोषणा गरेको हो। यसले कर्मचारीको तलव २३ प्रतिशत तथा पेन्सनरको पेन्सनमा २४ प्रतिशतले वृद्धि भएको छ। नेपालमा भारतीय सेनाबाट अवकाश पाएका झण्डै डेढ लाख पेन्सनर छन भने भारतीय सेनामा ५० हजार नेपालीले काम गरिरहेका छन्। नेपालमा भारतले पेन्सनवापत वार्षिक २५ अर्व रुपैयाँभन्दा बढी खर्च गर्दै आएको छ। सन् २०१४/१५ को आर्थिक वर्षमा भारतले नेपालमा २५ अर्व १२ करोड रुपैयाँ बराबरको पेन्सन वितरण गरेको थियो। बढेको पेन्सन २०१६ जनवरी १ देखि नै लागू हुनेछ। डीएनए एण्डियाका अनुसार, न्युनत्तम १८ हजार, अधिकत्तम दुई लाख २५ हजार तलवको वृद्धिसँगै भारतमा कर्मचारीको न्युनत्तम तलव १८ हजार भारु अर्थात् २८ हजार आठ सय नेपाली रुपैयाँ पुगेको छ। त्यसैगरी सबैभन्दा बढी तलव खाने क्याविनेट सक्रेटरीको तलव दुई लाख २५ हजार भारु अर्थात् तीन लाख ६० हजार नेपाली रुपैयाँ पुगेको छ। -  
Previous
Next Post »