people choice is amale

देशमा एउटा यस्तो खालको गिरोह छ जसले विदेशी इसारामा संसद किन्ने र बेच्ने सम्मको हैसियत राख्छ । पर्दा बाहिरको गैरसंवैधानिक तत्वले राज्यलाई हरेक ठाउँमा चुनौती दिइरहेको देख्न सकिन्छ । नेपालले समाजवादी क्रान्ति बाट पुँजीवादी क्रान्तिमा प्रवेश गरिसकेको छ। नेपालको परिवेश नियाल्दा दुई खाले पुँजीवाद एक आपसमा टक्कर गरिरहेका छन् ।
१) राष्ट्रिय पुँजीवाद ,
२) दलाल पुँजीवाद ।


राष्ट्रिय पुँजीवादको ऐजेन्डा अहिलेको सत्तारूढ दलहरूको गठबन्धन सरकारले लिएको छ भने दलाल पुँजीवादको ऐजेन्डा नेपाली कङ्ग्रेस लगायत केही खास मधेसी मोर्चाले लिएका छन् । बामपन्थी शक्ति र दक्षिणपन्थी शक्ति बिच हिजोका इतिहास देखि नै आकाश पतालको रूपमा फरक पाइन्छ । राष्ट्रिय स्वामीत्वमा रहेका उध्योग कलकारखाना निजीकरण गरेर समाजवादको नाममा ध्वस्त पारे, देशका नदी नाला र सिमाना रातारात बेचेर राष्ट्रवादको नारा घन्काए , आफ्नो सरकार रहँदा भुकम्प पिडितलाई १५ हजार भन्दा बढी रकम एकमुष्ट रूपमा दिइँदा अनियमितता हुने भनेर १५ हजार भन्दा बढि दिन नसक्ने निर्देशिका संसदबाट पास गरायो । आज यही दल सरकार बाहिर रहेर भारतभक्ति द्वारा जनता माझ नाङ्गिँदा बिरोध र आलोचना गर्ने ठाउँ नभेटेपछि आफैले पास गराएको निर्देशिका विरुद्ध उभिएर गोरुको नाङ्गो रूप देखाएको घटना ताजैछ ।
अहिले सरकारमै रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड वाह्य शक्तिको प्रलोभनमा परि विभिन्न बहानाबाजी गर्दै जनताको सरकार गिराएर भारतको आशीर्वादयुक्त सरकार गठन गर्न दक्षिणपन्थी नेपाली कङ्ग्रेस संग मिलेर रूवाबासी गर्दैछन् । अहिलेको अबस्था र आवश्यकता सरकार गठन र ढाल्ने होइन , यो अबस्था भनेको राजनीतिक निकाश सहित बिकासका लागि विकल्प खोज्ने समय हो तसर्थ ६-६ महिनामा सरकार गठन गर्ने र ढाल्ने खेल नेपालको विकास र जनताको सम्वृद्धिका लागि दुर्भाग्य हो ।
खुरापाती दलालीय राजनीतिको सामना गर्न सदन देखि सडकसम्म हामी तयार छौँ र भन्दै छौँ ब्यबस्थापिका संसदबाट निर्वाचित यो सरकारलाई ढाल्न संवैधानिक ब्यबस्था पढेर सदनमा अविश्वासको प्रस्ताव लैजाउ तर अर्थहिन रूपमा बाहिर सरकारको विकल्प खोज्छौँ भनेर सहमतिय सरकारको नाटक नदेखाउ । सहमतिय राष्ट्रिय सरकार बन्छ भने एमालेकै नेतृत्वमा बन्छ, एमालेको नेतृत्व बाहेक अरू दलको नेतृत्वमा सरकार गठन हुनै सक्दैन जनताले चाहेका छन् एमालेकै निति एमालेकै सरकार !!! अहिले सरकार ढाल्ने र गठन गर्ने समय हुँदैहोइन् , राष्ट्रिय समस्या समाधान संगै निकासका लागि विकल्प खोज्न दलहरू अग्रसर हुन् सक्नुपर्छ ।
Previous
Next Post »