politics

काठमाडौं, ९ साउन - राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भइरहेको छ। 

शीतलनिवासमा जारी छलफलमा पछिल्लो राजनीतिक घटनाक्रम लगायतका विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ। देउवा राष्ट्रपतिलाई भेट्न बिहान सवा ९ बजे शीतल निवास पुगेका हुन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्तावमाथि आइतबार संसदमा मतदान भएपछि नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ। नयाँ सरकार गठन लगायतका विषयमा पनि  भेटमा कुराकानी हुने बताइएको छ। 
 
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको बहिर्गमनपछि नयाँ सरका र गठनका लागि संसदको सिफारिसमा राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्ने प्रावधान छ। 
Previous
Next Post »