security problem in nepal

काठमाडौं, असार १८ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले स्विट्जरल्यान्डबाट स्वदेश फर्कदा आफ्नो सुटकेस चोरी भएको खुलासा गरेका छन् ।
 
राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै आफ्नो सुटकेस चोरी भएको खुलासा गरेका हुन् । 

उनले भने “मन्त्रीको सुटकेस हराउँछ, स्विट्जरल्यान्डबाट आउँदा मेरै सुटकेस चोरी भएको छ, यो तत्काल रोक्नुपर्छ ।” 

उनले नेपालको प्रतिष्ठाका रुपमा रहेको नेपाली ध्वजावाहक विमानको विश्वसनीयतालाई अझै बढाउनुपर्ने बताए । 

समयमा उडान भर्नुप¥यो, विश्वले विश्वसनीयता र प्रतिष्ठाले हेर्ने निगम बन्नुपर्ने जरुरी रहेको उनको भनाई छ । 

यात्रा गर्ने यात्रुलाई टिकट छैन भन्ने र विमान खाली उडाउने जस्ता कमजोरीको समेत सुधार्न निर्देशन समेत दिए । 
     
यस्तै पाँच वर्षभित्र पाँच जहाज ल्याउने गरी योजना बनाएर काम अघि बढाउनुपर्ने भन्दै मन्त्री पोखरेलले तीन वटा न्यारोबडी र दुई वटा वाइड बढी पाँच वर्षभित्र ल्याइने समेत बताए । 
- See more at: http://dcnepal.com/news/news.php?nid=219797#sthash.TSLOpxtO.dpuf
Previous
Next Post »