काठमाडौ, २० असार । नेपाली काग्रेसकी नेतृ सुजाता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजे मुलुक दुर्घटनामा पर्ने चेतावनी दिएकी छिन । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उनले भनिन,‘ तीनवटै निर्वाचन नभएसम्म सरकार ढाल्ने सपना कसैले पनि देख्नु हुँदैन । त्यो आफ्नै लागि घातक हुन्छ ।’ साक्षात्कारमा कोइरालाले अहिले नै प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजे मुलुक दुर्घटनामा पर्ने र त्यसको अपजस काग्रेसमाथि आउन सक्ने भन्दै अहिले सरकार ढाल्ने काममा लागे संविधान कार्यान्वयन नहुने तर्फ सचेत गराईन । उनले सरकार परिवर्तनको खेलमा लागे मुलुक अस्थिरताको चंगुलमा फेरि फस्ने उल्लेख गर्दै अहिले अस्थिरता ल्याउन खोज्नेहरु आफै संकटमा फस्ने चेतावनी दिईन । कोइरालाले भनिन,‘ मुलुकमा प्रचण्ड मात्रै एक्लो नेता हुन र उनकोलागि सरकार ढाल्नु पर्ने ? उनी अहिले प्रधानमन्त्री बन्न पनि सक्दैन र सफल पनि हुँदैनन ।’ कुनै पनि सरकारलाई एउटा अवधीसम्म चल्न दिएर मुलुकमा स्थिरता कायम गरेर संविधान कार्यान्वयन र आर्थिक समृद्धिको दिशामा अघि बढाउनु पर्ने धारणा राख्दै प्रधानमन्त्री केपी शर्मा ओलीको योजनाले जनतामा उत्साह ल्याएकोले काग्रेसले फेरि जनतालाई निराश बनाउने कुनै पनि निर्णय नगर्ने विश्वास उनले ब्यक्त गरिन । कोइरालाले पार्टीभित्र अहिलेसम्म सरकार परिवर्तनको विषयमा कुनै छलफल नभएको अवस्थामा यस्तो कुरा कसरी बाहिर आयो भनि आश्चर्य ब्यक्त गर्दै राजनीतिक दलका नेताहरुले सम्मान पाउने हो भने केवल प्रधानमन्त्री मात्रै बन्ने खेल खेल्न छाड्नु पर्ने सुझाव दिईन । उनले भनिन,‘ अहिले संविधान कार्यान्वयनकोलागि निर्वाचन गरेर मुलुकलाई निकास दिनु पर्छ । सरकार परिवर्तनको खेलमा लाग्नु हुँदैन । एक त यो सरकार ढल्दै ढल्दैन, ढले पनि उनीहरु आफै सकिन्छन ।’ कोइरालाले काग्रेस अहिले संगठन र पार्टीलाई बालियो बनाउँदै निर्वाचनमा जाने तयारीमा रहेको स्पष्ट पार्दै निर्वाचन र संविधान कार्यान्वयनको विषयमा प्रधानमन्त्रीले काग्रेससँग छलफल गरेर अघि बढाउनु पर्ने तर्क गरिन । उनले छिमेकीहरुसँग राम्रो सम्बन्ध हुनु पर्ने भएपनि अरुको निर्णयबाट प्रभावित भएर मुलुकलाई अहिले गर्ने कुनै निर्णय गर्न नहुने धारणा राख्दै नेपाल भारत प्रवुद्ध समूहको बैठक बस्नु स्वागत योग्य भएको तर्क गरिन। - See more at: http://www.dcnepal.com/news/news.php?nid=220196#sthash.ilw9A5fn.dpuf
Next
« Prev Post
« Prev Post
Previous
Next Post »
Next Post »
Subscribe to:
Post Comments (Atom)
ConversionConversion EmoticonEmoticon