fox news

काठमाडौं, २४ साउन : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल सरकारका परराष्ट्र सचिव शंकरदास बैरागीलाई टेलिफोन गरी साउदी अरब र श्रीलंकामा अलपत्र परेका नेपालीलाई तुरुन्तै राहत र नेपाल आउने वातारण निर्माण गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीले साउदी अरबमा सयौं नेपाली र श्रीलंकामा ४५ जना नेपाली महिला अलपत्र परेको समाचार आएको छ। छिटोभन्दा छिटो यथार्थ बुझेर तुरुन्त उनीलाई राहत, रोजगारीको व्यवस्था र नेपाल फर्कने व्यवस्था गर्न निर्देशन दिए।
निर्देशनमा प्रधानमन्त्रीले भने, सम्बन्धित देशको सरकार र दुतावाससँग समन्वय गरी यथाशिघ्र उनीलाई त्यही रोजगारीको व्यवस्था गर्ने र त्यसो नभए सरकारी खर्चमै नेपाल ल्याउने ब्यबस्था गर्नुस् ।
प्रधानमन्त्रीको निर्देशन पछि जवाफमा परराष्ट्र सचिवले प्रधानमन्त्रीको निर्देशन तुरुन्तै कार्यान्यवन गर्ने बताएका थिए । खबरडबलीमा खबर छ 
Previous
Next Post »