बिहीबार बिहान ८ बजे
काठमाडौं, १८ साउन - सप्तरी तिलाठी– ४ हो मेरो घर । खाँडो खोला हाम्रै गाउँ भएर बग्छ । खोलापारि भारतको बिहार पर्छ, वारि नेपालको तिलाठी। त्यो दिन म घरमै थिएँ । नेपाली भूमि मिचेर खाँडो खोलामा भारतीयले बाँध बाँध्न सुरु गरेको खबर पाएँ । त्यसबाट म स्तब्ध भएँ । नेपाली भूमि मिचेकोे खबरले मन पोलेर आयो । हत्तपत्त निरीक्षणमा गएँ । भारतीयहरू धमाधम बाँध निर्माणमा जुटेका थिए । दशगजामा उनीहरूले निर्माण सामग्री थुपारेका थिए । इन्जिनियर र लेबर खटिएका थिए । बोराका बोरा निर्माण सामग्री नेपाली भूमितर्फ ल्याउँदै थिए । यो दृश्यले मलाई निकै पोल्यो । रोक्न सकिन्छ कि भनेर म अघि बढेँ । उनीहरूसँग कुराकानी गरेँ । तर, उनीहरू मान्ने पक्षमा देखिएनन् । उनीहरूसँग भिडौँ झैँ लाग्यो, तर आँट आएन । किनकि, म एक्लै थिएँ । घर फर्किएँ ।
घर आएर नेपाली पत्रकारलाई खबर गरेँ। सिडिओलाई भनेँ। सेना, प्रहरी र सशस्त्रका हाकिमलाई खबर गरेँ। पत्रकार तत्काल बाँध बाँधेको स्थानमा पुगे। उनीहरूले नेपाली जमिन मिच्दै भारतले बाँध बाँधेको खबर प्रचार–प्रसार गर्न थाले। सिडिओ, नेपाल प्रहरी, सेना र सशस्त्र प्रहरीका हाकिम पनि त्यहाँ पुगे। बाँध बाँधिएको सम्बन्धमा भारतीय पक्षसँग टेलिफोनमा कुरा गर्न थाले। तर, उनीहरू मान्ने पक्षमा देखिएनन्। टेलिफोनबाट कुराकानी गर्ने क्रम निरन्तर चल्यो। अन्तिममा उनीहरू बाँधको निर्माण कार्य रोक्न राजी भए।
बिहीबार दिउँसो ४ बजे
म घरमै थिएँ। भारतीयसँग कुरा मिल्यो भन्दै प्रहरीले फोन गरे। सुनेर खुसी लाग्यो। खुसी साट्न घटनास्थलमै पुग्ने इच्छा जाग्यो। हतार–हतार घटनास्थल पुगेँ, तर घटनास्थलको गतिविधि अर्कै पाएँ। भारतीय पक्ष नेपाली भूमि मिच्दै धमाधम बाँध निर्माण गर्दै थियो। गिटी भरिएका बोराले उनीहरू खोला फर्काउँदै थिए। केही बाँसको भाटा खोलामा गाड्दै थिए। नेपाल प्रहरी, सशस्त्र र नेपाली सेना मूकदर्शकझैँ थिए। नेपाली भूमि मिचेर बाँध निर्माण गरेका दृश्यले मेरो रगत तातेर आयो। आफैँलाई थाम्न सकिनँ। निर्माण कार्य रोक्न म एक्लै अघि बढेँ।
गालाको गम्छा टाउकोमा बाधेँ । नेपाली भूमिमा गाडिएको बाँस उखाल्न थालेँ । सिमेन्ट र गिटीले भरिएको बोरा हटाएँ । भारतीयहरू मलाई रोक्न खोज्दै थिए। तर, रोकिइनँ। निरन्तर अघि बढेँ। त्यसपछि म भारतीय भूमिमा पुगेँ। मलाई उनीहरूले घेरा हाले। छातीमा समाते। मुक्काले बजार्न लागे। मैले पनि उनीहरूको छातीमा समातेँ। मुक्काले हिर्काउन थालेँ। पछाडिबाट एउटा बाँसको भाटा मेरो टाउकोमा बजारियो। रिँगटा लागेझैँ भयो, तर पनि म रोकिइनँ। उनीहरूसँग निरन्तर भिडिरहेँ। मेरो पछि मेरै गाउँका दुर्गानन्द झा रहेछन्। उनले मलाई ताने। शरीरमा बगेको रगत देखाए। शरीर हेरेँ। रगतले गन्जी पूरै भिजेछ।
घाइते भएपछि म नेपालतर्फ फर्किएँ। त्यसवेलासम्म गाउँका सबै घटनास्थलमा जम्मा भइसकेका रहेछन्। सेना, प्रहरी र सशस्त्रका टोली पनि सँगै थिए। गाउँलेको हातमा बाँसको भाटा थिए। नेपाली दाजुभाइहरू भारतीयसँग भिड्न अघि बढे। दुवैतर्फबाट बाँसको भाटा हानाहान भयो। ढुंगा बर्सिन थाले । घाइते भएकाले मलाई साथीहरूले अस्पताल लगे। गाउँले साथीहरू निरन्तर भिडिरहे। त्यसैले जित हाम्रै भयो। भारतीयहरू नेपाली जमिनबाट पछि हटे।
यस्तो छ झडपअघिको पृष्ठभूमि
सप्तरी तिलाठी– ५ भएर बग्ने खाँडो खोलाले नेपाल र भारतको सीमा छु्ट्याएको छ। दशगजा खोला किनारमै पर्छ। प्रत्येक बर्खामा खोलामा बाढी आउँछ। बाढीले नेपाल तर्फका दर्जनभन्दा धेरै गाविस डुबानमा पार्छ। भारत सोही खोलामा बाँध बाँध्न चाहन्छ।
०६४ असारमै भारतले खाँडो खोलामा पुल निर्माण गर्न खोजेको हो। इन्जिनियर ल्याएर नक्सा डिजाइन गर्यो। निर्माणका लागि आवश्यक सामग्री जम्मा गर्यो । त्यसवेलै हामीलाई लागेको थियो– उसले केही गलत गर्दै छ। तर, हामी त्यसवेलासम्म केही बोलेनौँ । पछि, पुलको जग खन्न सुरु भयो । निरीक्षणका लागि हामी त्यहाँ पुग्यौँ । उसले नेपालको जमिनमा पो जग निर्माण गर्दै रहेछ । नेपाली भूमि मिचेकोमा हामीलाई सह्य भएन । हामीले तत्काल विरोध गर्यौँ । तर, उनीहरू मान्ने पक्षमा थिएनन् ।
म प्रतिरोधमा मैदान उत्रिएँ । गम्छा कम्मरमा कस्दै पुल निर्माण गर्ने ठाउँमा उत्तानो परेँ । मैले भनेँ, ‘तिमीहरूले नेपालको एक इन्च पनि जमिन मिच्न पाउँदैनौँ । मिच्ने नै हो भने मलाई यही खाल्डोमा पुर, तब मात्रै सम्भव छ ।’ तर, उनीहरू अझै पनि मान्न तयार भएनन्। त्यसपछि हामीले सरकारलाई गुहार्यौँ। जिल्लाका सिडिओलाई भन्यौँ।
नेपाल प्रहरी र सशस्त्र पनि हामीसँग मैदानमा उत्रियो। सारा कसरतपछि उनीहरू पछि हट्न बाध्य भए। नेपाली भूमि मिचेर पुल बनाउने उनीहरूको योजना विफल बन्यो। विरोधका बाबजुद पनि उनीहरूले भारतीय जमिनतर्फबाट बाँध भने बाँधिछाडे। उक्त बाँधलाई गत वर्षको बाढीले केही क्षति गरेछ । यसपालि भने पूरै क्षति गरेछ । क्षति भएको सोही बाँध मर्मत गरी उनीहरू खोलाको बाढी नेपालतर्फ फर्काउन चाहन्छन्। आजको नयाँ पत्रिका दैनिकमा टेकराज थामीले तयार पारेको खबर छ । - See more at: http://www.dcnepal.com/news/news.php?nid=225906#sthash.wBRAoJGe.dpuf

ConversionConversion EmoticonEmoticon