साउन २५ । नेपालगञ्जमा दाईजो नल्याएको बहानामा परिवारले एक युवतीमाथि निर्घात रुपमा कुटपिट गरि घाइते बनाएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका वार्ड नं. १९ बालेगाउँकी १८ वर्षीया आसरुन जोलहालाई परिवारले निर्घात रुपमा कुटपीट गरी घाइते बनाएका हुन् ।
दाइजो नल्याएको भन्दै उनका श्रीमान २४ वर्षीय वसिम जोलहा र सासु बाबादैया जोलहाले कुटपिट गरेपछि उनी गम्भिर घाइते भएकी छन् ।
श्रीमान र सासुको कुटाईबाट आसरुनका दुबै आँखामा गहिरो चोट लागेको र अहिले नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आसरुनमाथि निर्घात रुपमा कुटपिट गर्ने श्रीमान र सासुलाई पक्राउ गरि उनीहरुबिरुद्व ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
आसरुन र बसिमबीच दुई वर्ष अघि मागी विवाह भएको थियो । यस अघि पनि दाइजो नल्याएको भन्दै श्रीमान, सासु ससुराले गाली बेइजती र कुटपिट गरेको तिं युवतीले बताएकी छन् ।

ConversionConversion EmoticonEmoticon