accident

महोत्तरी, असार १२ - आइतबार बिहान महोत्तरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दाजुको मृत्यु भएको छ भने भाई गम्भिर घाइते भएका छन् । 

पूर्वबाट पश्चिम आउँदै गरेको ना ३ ख ४३७५ नम्बरको ट्रकले बा ६८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक हमेन्द्रनगर बस्ने अनिलकुमार ढुंगेलको मृत्यु भएको हो । 

उक्त दुर्घटनामा परी मोटरसाइलमा पछाडि बसेका मृतकका भाई गम्भीर घाइते भएको र उनको लालगढ अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ।

प्रहरीले ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालिएको बताएको छ।  
Previous
Next Post »