मलेसिया, १२ असार - अवैध बाटो प्रयोग गरी अष्ट्रेलिया जान लागेका १६ नेपाली फिलिपिन्सको टापुबाट पक्राउ परेका छन्।
उनीहरु फिलिपिन्सको पूर्व प्रशान्त महासागर क्षेत्रमा रहेको फेडरेटेड् स्टेट्स् अफ माइक्रोनेसियाको राज्यमा पक्राउ परेको मलेसिया स्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासले १६ मध्ये ७ जनालाई उद्धार गरी शनिबार नेपाल फर्काएको छ। दूतावासले विज्ञप्ती निकालेर नेपाल फर्कन चाहने ७ जनाको उद्धार गरिएको तर बाँकी ९ जनाले फर्कन नमानेपछि उद्धार गर्न नसकिएको जनाएको छ।
मलेसिया, इन्डोनेसिया हुँदै फिलीपिन्सको टापुमा पुगेका उनीहरुले बताएका छन्। दुतावासको आग्रहमा अन्तर्राष्ट्रिय आप्रावासी संगठन आइओएमले घर फर्कन चाहने नेपालीलाई एकतर्फि हवाई टिकट उपलब्ध गराएको हो।
घर फर्कन नमानेका ९ जना भने फिलिपिन्सको माइक्रोनेसियामा रहेको युएनएचसिआर र आईओएमको प्रत्यक्ष निगरानीमा रहेका छन्। -

ConversionConversion EmoticonEmoticon