death of nepalies in afganstan

काठमाडौं, १० असार । अफगानिस्तानमा सुरक्षा गार्ड उपलब्ध गराउँदै आएको सेक्युरिटी कम्पनीले तालीवानी समूहलाई धम्कीपछि पैसा नबुझाउँदा काबुल घटना भएको त्यहाँ पुगेर फर्किएको नेपाली टोलीले निष्कर्ष दिएको छ ।
घटनाअघि नै तालिवानी समूहले सुरक्षा कम्पनीसँग मोटो रकम मागेको र उक्त रकम नदिएपछि पूर्वजानकारी दिएरै आक्रमण गरेको टोलीमा संलग्न अधिकारीले आफ्नो माथिल्लो निकायलाई ब्रिफिङ गरेका हुन् ।  
काबुलमा १३ नेपालीको ज्यान जाने गरी सोमबार भएको बम बिष्फोटमा तालिबानी समूहले मागेको ‘एक्ट्रोसन मनि’ (धम्क्याएर पैसाँ उठाउने) नदिँदा भएका आँकलन त्यहाँ पुगेर फर्किएको टोलीले गरेको नागरिक दैनिकमा समाचार छ ।

Previous
Next Post »