car riding

 

असार १०, २०७३- सरकारका सबैजसो मन्त्रीहरूले गाडी सुविधा र इन्धनको नाममा कानुनविपरीत राज्यको ढुकुटीबाट महिनाको करोडौं रुपैयाँ रकम दुरुपयोग गरिरहेको पाइएको छ । जम्बो मन्त्रिपरिषदका सदस्यहरूले कम्तीमा तीन वटाका दरले गाडी चढ्ने र इन्धन तथा मर्मत खर्च विकास आयोजनाबाट लिएर राज्यको ढुकुटी दुरुपयोग गरिरहँदा पनि आर्थिक अनियमितता तथा सार्वजनिक पदको दुरुपयोग नियन्त्रणको छानबिन गर्ने संवैधानिक निकाय र संसदीय समितिको ध्यान नपुग्नु आश्चर्यजनक भएको प्रधानमन्त्री कार्यालयका अधिकारी बताउँछन् ।
उपप्रधानदेखि सहायक मन्त्रीसम्मले सरकारबाट एक/एक वटामात्र गाडी सुविधा पाउने कानुनी व्यवस्था छ, तर सबैजसो मन्त्रीले कानुनविपरीत कम्तीमा तीन/चार वटासम्म गाडी चढेर राज्यको ढुकुटीबाट इन्धन खर्चबापतको रकम बुझ्ने गरेको जानकारी सरकारले अधिकारीले दिए ।
सरकारले प्रधानमन्त्री केपी ओली सरकारका ४० जना मन्त्री (उपप्रधानदेखि सहायक मन्त्रीसम्म) लाई एक/एक वटा गाडी सुविधा दिएको छ । सरकारले उनीहरूलाई सुविधामा कालो किया कार दिएको छ । तर कुनै पनि मन्त्रीले कालो किया चढेको देखिँदैन, सबैजसो मन्त्रीले कानुनविपरीत फेरी–फेरी तीन/चारवटासम्म विलासी गाडी चढ्ने गरेका छन् ।

 

Previous
Next Post »