domination by religion

वीरगन्ज, असार १० - वीरगन्जमा गाउँका मुखिया पूर्वगाविस अध्यक्ष र अगुवाहरू मिलेर छोराले अन्तरजातिय प्रेम विवाह गरेको भन्दै बाबुलाई जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराएका छन् ।

बुधबार गाउँका मुखिया र अगुवाले वीरगन्ज उपमहानगरपालिका २१ भवानीपुरका ६४ वर्षीय शिवपुजन साह तेलीलाई घाँटीमा जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराएका हुन् । 

शिवपुजनका कान्छा छोरा अर्जुनले गाउँकै राजेश पटेलकी छोरी रवीना कुमारीसँग असार १ गते प्रेम विवाह गरेका थिए । असार १ गते घरबाट भागेर दुवैजनाले प्रेम विवाह गरेपछि बुधबार बिहान गाउँमै पञ्चायती सर्वपक्षीय छलफल भएको थियो ।

माथिल्लो जातको केटीसँग बिहे गरेको भन्दै पञ्चायतीमा सहभागी गाउँका मुखीया र अगुवाले अर्जुनका बुबालाई जुत्ताको माला लगाएर गाउँ परिक्रमा गराउने निर्णय गरे । पञ्चायतीको निर्णयअनुसार गाउँका मुखियाद्वय शिवशंकर पटेल र ब्रम्हदेव पटेलले केटाका बुबा शिवपुजनलाई जुत्ताको माला लगाईदिन गाउँका चौकीदार सुरेन्द्र हजार पासवानलाई आदेश दिएका थिए ।

मुखियाको आदेशमा शिवपुजनको घाँटीमा चौकीदार पासवानले जुत्ताको माला लगाइदिए । त्यसपछि मुखियाको अगुवाइमै गाँउलेले शिवपुजनलाई गाउँको परिक्रमा गराएका थिए । जुत्ताको माला लगाएर गाउँ परिक्रममा गराउने क्रममा मुखयिा र गाउँका अगुवाले शिवपुजनलाई कुटपिट पनि गरेको उनका काहिँला छोरा नानकचन्द साह तेलीले बताएका छन् ।

पटेल जातिको बाहुल्यता रहेको भवानीपुर गाउँमा तेली जातिको दुई तीन घरधुरी मात्र छन् । पटेल जातिका अगुवा र मुखियाले जुत्ताकै माला लगाएर दुव्र्यवहार गरे पनि गाउँमा पटेलको हालीमुहाली रहेका कारण पीडित शिवपुजनले डरले प्रहरीमा उजुरी दिन मानेका थिएनन् ।

तर उनका काइला छोरा नानकचन्दले प्रहीलाइ खबर गरेपछि वडा प्रहरी कार्यालय श्रीपुरले बुधबार बेलुकी मुखियाहरू शीवशंकर, ब्रम्हदेव र चौकीदार हजरालाई पक्राउ गरेको छ ।

बिहीबार पीडित शिवपुजनका छोरा नानकचन्दले जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी पनि दिएका छन् । उजुरीका आधारमा प्रहरीले तीनैजनाविरुद्ध केही सार्वजनिक अपराध तथा सजाय ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ ।

पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बिहीबार तीनैजनालाई जिल्ला प्रशासन कार्यालय पर्सामा हाजिर गराएर अनुसन्धानका लागि सात दिनको म्याद थप गराइएको जानकारी दिएका छन । - See more at: http://dcnepal.com/news/news.php?nid=218240#sthash.Al5F475v.dpuf
Previous
Next Post »