fox news

 १० असार, डोटी । डोटीको सानागाउँ गाविसस्थित मसानघाटमा विहीबार एक बिरामी अलपत्र अवस्थामा भेटिए । दुबै खुट्टामा किरा परेको अवस्थामा फेला परेका ती बिरामीको पहिचान खुल्न नसक्दा उपचारमा समस्या भएको छ ।
सानागाउँ, काँडामाण्डौं र गैरागाउँ गाविसको बीचमा पर्ने खोलाको मसानघाटमा ति व्यक्ति अचेत लडिरहेको स्थानीयवासीहरुले देखेका थिए । त्यसपछि नेपाल रेडक्रस सोसाइटी डोटी शाखाका सभापति लक्षीराम कुँवर लगायत स्थानीयको टोलीले ति व्यक्तिलाई प्रारम्भिक उद्दार गरेको थियो ।
स्थानीयवासीले सूचना दिएपछि प्रहरी चौकी सानागाउँका प्रहरी सहायक निरीक्षक नवराज अवस्थीको टोलीले उनलाई उद्दार गरी उपचारका लागि डोटी जिल्ला अस्पताल पुर्‍याएको थियो । मानसिक सन्तुलन पनि ठीक नभएका र दुबै खुट्टामा घाऊ भएर किरा परेका ती बिरामीको जिल्ला अस्पताल डोटीमा उपचार सम्भव नभएपछि डडेल्धुरा उपक्षेत्रीय अस्पतालमा रिफर गरिएको छ । तर ती व्यक्ति को हुन् र कहाँका हुन् भन्ने नखुलेकाले उपचारमा समस्या देखिएको छ ।
उनको खुट्टामा प्लाष्टिक सर्जरी गर्नुपर्ने भएकाले जिल्ला अस्पताल डोटीमा सम्भव नभएको डा. मदन श्रेष्ठले बताए । बिरामीको उपचारका लागि आर्थिक सहयोग जुट्न सक्ने देखिए पनि उनको साथमा जानसक्ने वारिस नपाइएपछि समस्या उत्पन्न भएको पत्रकार झलक पालीको भनाई छ ।
हालसम्म ति व्यक्तिको परिचय खुल्न नसकेको वताउँदै जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक उद्धवदेव भट्टले भने, ‘हामी पहिचानका लागि प्रयासमा छौं ।’
डोटीका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद आचार्यले पहिचान हुन नसकेका कारण उनको उपचारमा समस्या भएको बताउँदै वारिस नभएका बिरामीलाई जिल्ला बाहिर पठाउन नसकिने बताए ।
जिउँदै मानिसको खुट्टामा किरा परेको अवस्थामा फेला परेपछि बचाउन सकिन्छ की भनेर आफूहरुले उद्दार गरी जिल्ला अस्पतालसम्म पुर्‍याएको डोटीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिल्लीराज बिष्टको भनाई छ ।
शारीरिक वनावट हेर्दा पहाडी मुलका जस्ता देखिने ति व्यक्ति अन्दाजी ५०/५५ वर्ष उमेरका छन् । उनी बोल्न सक्दैनन् । केही दिन अगाडि ति व्यक्तिलाई जिल्ला सदरमुकाममा देखेको स्थानीयले बताएका छन् ।
Previous
Next Post »