indian development group in nepal

काठमाडौं, १० असार - दुई देशबीच चर्चामा रहेको पेट्रोलियम पाइपलाइन विस्तारको काम अगाडि बढाउन भारतीय प्रतिनिधि नेपालमा आएका छन्।

लामो समयदेखि रोकिएको पाइपलाइन निर्माणको कामलाई सुचारु गर्नका लागि भारतीय प्रतिनिधि नेपालमा आएका हुन्। पाइपलाइन विस्तारको कामलाई तत्काल अगाडिबढाउनका लागि इन्डियन आयल कर्पोरेसनका प्रतिनिधिहरु नेपाल आएर सम्बन्धित निकायबीच छलफल गरेका छन्।

आईओसी प्रतिनिधिले पाइपलाइन निर्माणको काम विस्तारमा सहयोग गर्न नेपाली प्रतिनिधिलाई आग्रह गरेको छ। पेट्रोलियम पदार्थको आफूर्ति व्यवस्था सहज बनाउन भारतले रक्सौलदेखि अमलेखगञ्जसम्म पाइपलाइन विस्तार गर्ने भनेपछि सो कार्य अगाडि बढाउन लागिएको हो।
 
Previous
Next Post »