काठमाडौं, १५ असार । बिरामी हुँदा त मन्त्रीले गाली नगर्लान् भन्यो, फेरि उस्तै, यसरी जनसंख्या तथा वातावरण मन्त्री विश्वेन्द्र पासवानले विरामी परेर दिल्लीको अस्पतालमा उपचार गराइरहँदा पनि सिंहदरबारमा फोन गरेर कर्मचारी हप्काउन बाँकी राखेनन् ।
बहालवाला मन्त्रीको स्वास्थ्योपचार खर्च सामान्यतया सरकारले व्यहोर्छ । त्यसका लागि सम्बन्धित मन्त्रालयले क्याबिनेटमा स्वास्थ्योपचार विवरणसहित प्रस्ताव पठाउनुपर्छ । आमाशयको नली फुटेर सिकिस्त भएका पासवानको उपचार पहिला त्रिवि शिक्षण अस्पतालमा भयो । त्यसबेलासम्म स्थिति सामान्य होला भनेर मन्त्रालयका अधिकारीले खासै ध्यान दिएनन् ।
तर, प्यानक्रियाजकै कारण जीवन–मरणकै स्थितिमा पुगेको पत्तो पाएपछि चिकित्सकले दिल्ली रेफर गरे । हत्तपत्त दिल्ली गइहाल्नुपर्ने कारणसाथीभाइसँग सापटी गरेर पैसा जुटाए । त्यो पैसा तिर्न सचिवदेखि पिएसम्मलाई उताबाटै हप्काउन पछि परेनन् । अहिले पासवानको स्वास्थ्यस्थिति सामान्य भइसकेको छ । त्यहाँका चिकित्सकले केही दिन अस्पतालमै आराम गर्नु भनेका कारण उतै थिए ।
सोमबार राति काठमाडौं फर्किएका छन् । तर, दुःख पाए सिंहदरबारका हाकिमले । सचिव विश्वनाथ ओलीलाई पासवानले पचास लाखको व्यवस्था गर्न अह्राएको फोन राख्न नपाउँदै अर्को फोन गयो, मन्त्रालयका फाइलहरु सम्बन्धमा । उनी विरामी परेदेखि मन्त्रालय हेर्ने जिम्मेवारी पर्यटनमन्त्री आनन्द पोखरेलले पाएका छन् ।
सचिवले कतिपय दैनन्दिन काम सल्टाउनका लागि फाइलहरु का.वा. मन्त्रीकहाँ पु¥याउनु स्वभाविक हो । तर, पासवानले फोनबाटै सचिवलाई खबरदारी गरेका छन्– ‘जाला है जाला, मेरो मन्त्रालयको एउटा पनि फाइल आनन्द पोखरेलको हातमा पर्नुहुँदैन । भयो भने ठीक हुने छैन’ उनले यो भन्दा नराम्रो थर्काई पैसा माग्न गरेको फोनमै पाइसकेका थिए ।
‘यो बजेट कहाँबाट, कसरी निकासा गर्ने ? समस्या भयो’ भनेका सचिवलाई पासवानले थपे, ‘जहाँबाट जसरी निकाले पनि त्यो तपाईंको काम हो । मलाई अरु केही थाहा छैन ।’ सचिवले ‘सकिन्नँ हजुर’ मात्र के भनेका थिए, पासवान कराइहाले, ‘तपाईं के गर्न सक्नुहुन्छ ? आफ्नो लागि सबथोक गर्न सक्नुहुन्छ । मन्त्री विरामी हुँदा केही गर्न सक्नुहुन्न ! तपाईंलाई मैले कहाँ लगेर ठेगान लगाउनुपर्छ, जान्या छु…!
ConversionConversion EmoticonEmoticon