nepali news

असार ११, २०७३- सांघुटारमा पुगेको सेनाको टुकडीले २० दिनमा एउटा चिटिक्क परेको सामुदायिक घर र परिसर वनाएर जिल्ला दैविप्रकोप उद्धार समितिलाइ हस्तान्तरण गरेको छ । 
राष्ट्रिय पुननिर्माण प्राधिकरण मार्फत सेनाले छाना नपाएका पिडीतहरुको बसोवासका लागि ८ परिवारलाइ पुग्ने जस्ताको घर बनाएको हो । जिल्लाको सांघुटार, दुरागाउ र गाल्वामा गरी ३ वटा उस्तै नापका घर बनाइएको छ ।
सांघुटारको घर शुक्रबार रक्षा मन्त्री भिम रावलले जिल्ला दैविप्रकोप उद्धार समितिलाइ हस्तान्तरण गरेका छन् । शनिबार गाल्वा र आइतवार दुरागाउको घर समितिलाइ वुझाउने कार्यक्रम सेनाले राखेको छ । नन्दाबक्स गणका गणपति दिवाकर विक्रम राणाले २० दिनमा घर निर्माण भएको बताए । 
रामेछापमा सामुहिक आवासका लागि सेना बाहेक शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले रामेछाप बजार र मन्थलीमा ३ वटा थप भवन निर्माण गरीरहेको छ । ति भवन समेत अन्तिम चरणमा पुगेका छन् । 


Previous
Next Post »