sagarmatha

असार ११, २०७३- सगरमाथा बेसक्याम्पसम्मको यात्रा तय भएपछि मलाई एक किसिमको डर मिश्रित कौतुहलता सिर्जना भयो । हाई अल्टिच्यूटमा जाँदा लेक लाग्ने त होइन भन्ने शंकाले मनमा डेरा जमाई रह्यो ।
चिसोबाट बच्न आवश्यक लुगाफाटो, खानेकुरा र औषधिको जोरजाम गरेर त्रिभुवन विमानस्थलबाट सोलुखुम्वुको लुक्लातर्फ लागियो । हवाई उडानमा विश्वकै जोखिमपूर्ण मध्येको एक लुक्ला विमानस्थल नओर्ले सम्म चैनको सास फेर्न सकिएन । लुक्ला विमानस्थल ओर्लिए पछि हिड्नुको विकल्प छैन । पैसा तिर्न सक्नेहरु हेलिकोप्टरमा चढेर मन लागेको ठाउँमा ओर्लन सक्छन् ।
पदयात्राको मज्जा लिने हो भने लुक्लाबाट विस्तारै पाइला चालेको राम्रो । यसरी जाने हो भने लेक लाग्ने सम्भावना पनि कम रहन्छ । र सहजै एभरेष्ट बेसक्याम पुग्न सकिन्छ । लुक्ला विमानस्थल ओर्लिएपछि फोटो पत्रकार भरतबन्धु थापा, म र हाम्रा सहयोगी भरिया सगरमाथाको द्वार नाम्चे बजार तर्फ लाग्यौं । मलाई मेरो क्यामेरा ब्याग वोकेर हिड्नै गाह्रो भइरहेको थियो तर हाम्रा भरिया तिन जनाको सामान झण्डै ५० किलो वोकेर हामीभन्दा चाँडो हिडेको देख्दा अचम्मित बनायो । के खान्छन् र यत्रो बल आएको होला भन्ने झै मलाई लाग्यो ।
लुक्लादेखि बेसक्याम सम्मको यात्रामा सामान बोक्ने साधन भनेकै भरिया, खच्चर, याक र हेलिकप्टर मात्रै हुन् ।  यात्रा सुरु गरेको पाँच घण्टा पछि हाम्रो पहिलो बास फाक्दिङमा भयो । भोलिपल्ट आठ घण्टाको यात्रा पछि नाम्चे बजार पुगियो । थकाईले लखतरान परिएको थियो । खाना खाने वित्तिकै  
Previous
Next Post »